Posts

1

Social Worker: Need to work rather than talk

Image
As a Social worker, always, we proudly say that socialwork is a profession. We always give the logic that social work has history in our country too and we relate those histories with king, the rich men, and the people who have power and their duties is  to serve the People (subject). We also use the term that "social work is unique" but really why is it unique? Because it has methods, principles, code of conducts and ethics which all profession have. Social work has its own methods (Case Work, Group Work, Community Organization, Social Work administration, Social work Research, and Social Action) where the first three as known as the primary methods of the social work and rest of them are known as secondary methods of social work. Yes, no one can reject that social work has its own principles, code of ethics, and all those things what show that social work is a profession. But it is in India, Nepal and other developing countries? In India, the history of soci...

एबिसिडिले आक्रान्त देश

Image
ए फर एप्पल, बि फर बल, सि फर क्याट, डि फर डग भनेर अहिले पनि स–साना  भाई बहिनीहरु पढने गरेको छ तर हाम्रो देशको माहोल हेर्दा अब बच्चाहरुलाई  बुझ्ने किसिमले अब शिक्षकहरुले पढाउन जरुरी भईसकेको छ, जुन कुरा उनीहरुले  सधै नै देख्ने गरेको, सुन्ने गरेको कुराहरुलाई समेटेर पढाउनु पर्छ ।  हाम्रो देशको परिवेशलाई हेर्ने हो भने ए फर आन्दोलन, बि फर बन्द, सि  फर चक्काजाम र डि फर धर्ना भनेर पढाउने अवश्था आएको छ जसको बारेमा  अहिले नेपालका हरेक समुदाय, परिवारमा चर्चा हुन्छ र यहि कारणले आफ्नो  जायज तथा नाजायज मागहरु पुरा गराउनको लागि दल तथा नेताहरुले पनि यसको  प्रयोग गरि नै रहेको हुन्छ जसको अनुभुती स–साना भाई बहिनीहरुले पनि  गरेको हुनुपर्छ । हो, हाम्रो देशका दल तथा नेता भनाउँदाहरुले गर्दा एबिसिडि पढाउने तारिकामा  नै परिवर्तन गर्ने बनाएको छ र यहि एबिसिडिले गर्दा देशमा अशान्ति, अशिक्षा,  बेरोजगारी, तथा अन्य समस्याहरु सिर्जना भएको छ । खासगरि नेपालको राजनीतिमा  ए.बिसिडि रहेको छ अर्थात आन्दोलन भनेको बन्द, चक्कजाम, र धर्ना त्यो बाहेक  अरु विकल्प देखे...

नैतिकता नभएको नेता र निदाएको जनता

Image
अचम्मको देश हाम्रो देश ‘नेपाल’। जहाँ जे पनि हुन सक्छ । यहाँ दुई ठाउँबाट हारेको नेता प्रधानमन्त्रि बन्न सक्छ, जहाँ प्रजातन्त्रलाई नै चुनौति दिँदै जो जनप्रतिनिधि छैन, जसलाई जनताले आफ्नो प्रतिनिधित्व गर्ने अधिकार दिएको छैन् ऊ देशको मन्त्रि परिषदको अध्यक्ष बन्न सक्छ, जलस्रोतको धनि देश आफै लोडसेडिङ्गको मारमा छ, खानेपानीको हाहाकारमा गाउँ नै विस्थापित हुँदा पनि तथा हरियो वन नेपालको धन नारामै सिमित हुँदा पनि, तथा अरु समस्याहरु देखेर पनि नदेखेझै गरि मौन बसेका छौ हामी जनता । प्राकृतिक स्रोत साधनमा धनि भएर पनि हामी अझै पनि अविकसित राष्ट्रको रुपमा रहेका छौ किन त? चुनावी माहोलमा यस्ता कुराहरुले के नै महत्व राख्छ तरुअवश्य पनि यस्ता कुराहरुले चुनावी माहोलमा महत्व राख्छ किनकि विगतमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यी कुराहरुले देशको विकाससँग महत्व राखेको कुरा प्रष्ट गरेको छ ।  एउटा कुरा के प्रष्ट छ भने अब हुने चुनावमा पनि कुनै पार्टीले प्रष्ट बहुमत ल्याउन सक्दैन् । यस्तो अवश्थामा हरेक पार्टीले अर्को पार्टीको अस्तित्व स्विकार गर्ने र एक अर्कालाई गाली गर्नुको साटो यदि एक–अर्कालाई विश्वासमा लिएर ...

जनता को?

Image
काङ्गेसको लागि काङ्गको कार्यकर्ता जनता, एमालेको लागि एमालेको कार्यकर्ता जनता, माओवादीको लागि माओवादीको कार्यकर्ता जनता तथा अन्य पार्टीको लागि आ–आफ्नै कार्यकर्ता जनता रहेको छ तर स्वतन्त्र जनताकोरु हरेक पार्टीले आ–आफ्नो भाषनमा आफ्नो कुरामा तालि बजोस भन्ने उद्देश्यले यो कार्य नेपाली जनताको लागि, यो आन्दोलन नेपाली जनताको लागि, यो सहमति नेपाली जनताको लागि भनेर भन्ने गर्छ तर सत्तामा पुगेपछि वा आफ्नो स्वार्थ पुरा भएपछि त्यही नेपाली जनतालाई बिसर्ने गर्छ । जनताको नाममा आएको बिकास रकम आ–आफ्नो पोल्टामा पारी तथा आफ्नो होइन कि आफ्नो श्रिमती, छोरा छोरीको नाममा बैंक ब्यालेन्स राखेर आफूले नेपाली जनताको लागि कार्य गरेर देखाउन पोख्त भइसकेको नेताहरुले गर्दा देश गरिब तथा स्थिर हुन सकेको छैन् । जसले जतिसुकै नेपाली जनताको नाम जपेपनि अन्तयमा गर्ने भनेको आफ्नै लागि तथा आफ्नो नजिकको मान्छेलाई न कि अरु जनतालाई । त्यसैले नेपाली जनताको नाममा गरिरहनु भएको आन्दोलनहरुलाई स्वागत छ चिसो धेरै छ सडकमा आगो बाल्नुहोला ताप्न अवश्य नै आउनेछु ।

यूवा र राजनीति

Image
नेपालको जुनसुकै क्रान्ति तथा आन्दोलनमा पहिलो पंक्तिमा देखिने यूवा पिंढि त्यहि आन्दोलन सफल भएपछि नेपालको औषत आयू पनि कटिसकेका आफूलाई यूवा वर्गको नेता भनाउँदाहरुको अघि–पछि गर्ने गरेको हामीले देखेकै छौ । क्रान्ति तथा आन्दोलनमा घाइते हुने तथा शहिद हुने बेलामा यूवा अगाडी देखिने तर त्यसको प्रतिफल खाने बेलामा यूवा वर्गले कहिल्यै पनि पाउदैनन् आखिर किन त?  २०४७ को पहिलो जनआन्दोलन होस् वा २०६२/६3 को दोस्रो जनआन्दोलन, मधेश विद्रोह होस् वा अन्य जनजाती तथा अन्य आन्दोलन ती सबै यूवा वर्गले गर्दा नै सफल भएको कुरा कसैले पनि नकार्न सक्दैन् तर जब सत्ता र शक्तिको कुरा आउँछ तब ६० नाघेका यूवा भनाउँदाहरुले ती यूवा वर्गहरुलाई बेवास्ता गर्ने गर्छ । २०४७ मा आएको बहुदल तथा २०६२र६३ को आन्दोलन पछि गणतन्त्र ल्याउन सफल संविधान सभामा पनि यूवा वर्गले उचित स्थान पाउन सकेनन् र जसले पाए त्यसले खासै देश, जनता तथा खास गरि यूवा वर्गको लागि केही गर्न सकेनन् । संविधान सभामा ती यूवा वर्गको प्रतिनिधित्व देखाउनको लागि, तालि बजाउनको लागि, तथा पार्टीले भनेको समयमा विरोध गर्नु बाहेक अरु खासै रहेन् र विगत छ बर्षमा फेरीएको पाँच ओ...

देशमा राजनीति धेरै भयो अब बिकास गर

Image
कुनै समय हामीहरुकै अवश्थामा रहेको देशहरुले विकास कार्यमा यति धेरै ठुलो फड्को मारिसकेको छ कि हामी उनीहरुलाई भेटन् सक्ने अवश्था छैन् । हामीहरुको विकासको गति उनीहरुको विकासको गति भन्दा धेरै नै कम छ । स्रोत साधन नभएका देहशरु हामी भन्दा धेरै अगाडी बढिसकेको छ तर हामी सँग भएको स्रोत र साधनहरुको उचित प्रयोग ९सदुपयोग० गर्न नसकेकोले हामीले विकासमा निर्माणको काममा धेरै पछाडी परेका छौ । हाम्रै छिमेकी देश ९राष्ट्र० जुन विदेशी उपनिवेशमा रहेको भारत तथा दोस्रो विश्व युद्धमा न्युक्लियर बमको मारमा परेको जापानको तथा अन्य छिमेकी मुलुकहरुको आर्थिक बृद्धिदर विश्वको पहिलो दस स्थानमा आउने गरेको छ । तर हाम्रो देश जहाँ न त कहिले विदेशीले शाषण नै गर्न पाए, र न त हामी कुनै ठुलो युद्धको मार नै प¥यो तर पनि हामी हाम्रा छिमेकीहरु भन्दा हामी विकास दर तथा विकास कार्यमा धेरै नै पछि परेका छौ । किन तरु यि सबैको कारण भनेको हाम्रो देशले कुनै पनि विकासका दुरदर्शी नेता तथा शाषकलाई जन्म दिन सकेन् । कुनै पनि नेता तथा शाषक यस्ता थिएनन् जसले आफ्नो व्यक्तिगत स्वार्थ तथा आफ्ना व्यक्तिगत इच्छा आकांक्षा भन्दा देश तथा जनताको हक हितलाई...

किन भोट हाल्नु?

Image
नेताहरुले भने नेपालमा राणाशासन भएकोले विकास भएन्, जनताले नेताहरुको कुरा स्विकार गरेर नेपाली जनताले राणा शासनलाई फाले, फेरी नेताले भने पञ्चायपति व्यवश्था होईन् प्रजातन्त्रले मात्र देशको विकास गर्न सकिन्छ फेरी पनि जनताले नेताहरुलाई मौका दिए र प्रजातन्त्र ल्याए, फेरी पनि नेपालमा विकास भएन् । अब नेताहरुले भने राजतन्त्र नै विकासको बाधक हो, हो कि भनेर नेपाली जनताले राजतन्त्र पनि फाले तर पनि नेपालको विकास सम्भव भएन् । भने अब नेपालमा विकासको बाधक को भन्दा खेरी राणाकाल पछि नेपालमा विकास नहुनुको मुख्य कारक भनेको नेपालमा धेरै पार्टी हुनु र स्वतन्त्र नेपाली भन्दा पनि बढि नेताहरु रहेको प्रष्टै देखिन्छ । नेपालीले विकासको चाहना राखेर विभिन्न सशस्त्र तथा निसशस्त्र आन्दोलनहरुमा धेरै नै सक्रिय भएर लागे र धेरै सहिद पनि भए । तर आज सम्म पनि कुनै पनि पद ती सहिदका परिवार तथा आफन्तले पाएनन् बरु जसको छोरा छोरी न त आन्दोलनमा सरिक भए, न त उसको कुनै आफन्त नै सहिद भयो, जसलाई कुनै समय पनि न त प्रहरीको लठ्ठि नै लाग्यो, न त कहिले घाईते नै भए तर आन्दोलन सफल भए पछि त्यसको फल खानमा सबै भन्दा अग्र पंक्तिमा ती नै भए । नेत...

मूल्य बृद्धिको मारमा नेपाली जनता

Image
नेपालमा कारको मूल्यमा भएको बृद्धिले सम्पुर्ण नेपालीलाई असर नगर्ला, मोटरबाईकमा हुने बृद्धिले सम्पुर्ण नेपालीलाई असर नपार्ला, भ्रष्टाचार गरेकाहरुलाई मूल्य बृद्धिले असर नपार्ला, कुनै पनि संस्थाको उच्च तहमा बसेकालाई मूल्य बृद्धिले असर नपार्ला, मन्त्रि–प्रधानमन्त्रिको त कुरै नगरौ उनीहरुलाई महङ्गीको छायाले सम्म छुदैन् तर ती जसको आफ्नो कार किन्ने हैसियत छैन्, जसले आफ्नो छोराछोरीलाई मोटरबाईक किन्न सक्ने हैसियत छैन्, जसले भ्रष्टाचार गर्दैन्, जो कुनै संस्थाको तल्लो तह वा मध्यम तहमा काम गर्ने कर्मचारीलाई, तथा आफ्नो घरबाट टाढा, शिक्षा हासिल गर्न आएका, अरुको घरमा भाँडामा बसेकाहरुलाई यस्ता मूल्य बृद्धिले अवश्य नै असर गर्छ । पेट्रोल÷डिजेल÷मट्टितेलमा एक रुपिया मात्रै बढ्दा पनि अन्य उपभोग्य सामग्रीको मूल्यले त आकास नै छुन्छ । सरकारले विद्यार्थीको लागि छुटको कुरा गर्छ तर पसलेले छुट दिदैन्, पेट्रोलमा मूल्य बृद्धि हुनासाथ घरबेटीले भाँडा घटाउँदैनन् झन उनीहरुले घरको भाँडा बढाउने मौका पाउँछन्, गाडि भाँडा बढ्छ, तरकारीको भाउँ बढ्छ र यसको सम्पुर्ण मार विद्यार्थी तथा अरुको घरमा वहालमा वस्नेहरुलाई पर्छ । नेताहरुल...

बन्द कसको लागि?

Image
नेपालमा विगत तीन बर्षको तथ्याङ्क हेर्ने हो भने करिब एक बर्ष भन्दा बढि दिन बन्दमै वितेको छ । कसैले आफ्नो हक अधिकारको लागि त कसैले सरकार परवर्तनको लागि त कसैले घरमा बुढिसँग झग्डा भयो भन्दै त कसैले आफूले मन पराएको मान्छेले आफूलाई मन पराएन भन्दै बन्दकै सहारा लियो । जे–जस्तो रुपमा बन्दको खेल चलेपनि त्यसमा नेता, मन्त्रि, प्रधानमन्त्रि तथा आन्दोलनरत पार्टीका ठूला भनाउँदा नेताहरुलाई कहिले पनि न त सास्ति नै बेहोर्नु प¥यो न त उनीहरु लाई त्यसले कुनै नोक्सानी नै ग¥यो । गाडी तोडफोड भए पनि कुनै रातो बत्ति बाल्नेहरुको गाडी कहिले पनि तोडफोड भएन् बरु सर्वसाधारणको मोटरसाईकल तथा गाडीहरु तोडफोड भए, ती हुनेखाने वर्गहरु जसले गरिब तथा सिमान्तकृत वर्गको पक्षमा वकालत गर्ने गरेका सर्वहारा भनाउँदा नेताहरुले तथा पार्टीहरुले दैनिक जसो बन्द हडताल गर्ने गर्दछ त्यसको मारमा सबै भन्दा बढि पिडित त्यहि गरिब वर्ग तथा सिमान्तकृत वर्गहरु नै पर्ने गर्दछ । नेपालमा जतिसुकै ठूला क्रान्ति, यूद्ध तथा आन्दोलनको मारमा ती ठूला भनाउँदाहरु कहिले पनि परेनन् बरु परे त ती निमुखा, साहारा विहिन गरिब तथा मध्यम वर्गियहरु । अहिले सम्म जति पनि...

बन्दको खेल बहिष्कार गरौं

Image
 नेपालमा एउटा दरो खेलको सुरुवात भइसकेको छ । हामी नेपालीले त्यो खेल चाहे पनि नचाहे पनि हेर्नैपर्ने हुन्छ । कति साथी त्यो खेलको मारमा पर्नुहुन्छ भने कतिलाई रमाइलो लाग्न सक्छ । सक्दो यो खेल शनिबारको दिन हुने छैन । तर खेलाडीहरू उत्साहित भएमा शनिबार पनि हुन सक्नेछ । यो खेलको नाम हो, बन्दको खेल । धेरै दिनदेखि यो स्थगित खेलको सुरुवात वैद्यजीले सुरुवात गर्नुभयो र काठमाडौ बन्दबाट यो खेलको सुरुवात भइसकेको छ र केही जिल्लामा पनि यसले केही प्रभाव पारिरहेको छ । यो खेल केही दिन, हप्ता वा महिनामा हरेक जिल्लामा पुग्न सक्ने मेरो अनुमान छ । यो खेलका लागि स्कुलरकलेज जान मन नपराउने केही विद्यार्थी साथीहरूले पनि खुल्ला हृदयले स्वागत गरेका छन् भने आम नेपालीले यो खेलको विरुद्धमा खासै केही गर्नसकेका छैनन् । त्यतिकै पनि हाम्रो देशमा सार्वजनिक विदा धेरै हुन्छ र यस्ता बन्दका खेलले गर्दा देश विकासमा खासै टेवा नपुग्ने भए पनि यो खेलको विरुद्धमा कसैले बोल्न नसकेको अवस्था छ । त्यसैले साथीहरू यो खेल यदि रोकिएन भने यसका खेलाडीहरू बढ्ने सम्भावना धेरै रहेको हुँदा यो खेललाई बहिष्कार गरौं । सबैले आ(अनफ्नो काम गरौं । बन...

Sponsor Links

Random Posts

  • Social Worker: Need to work rather than talk
    23.04.2014 - 0 Comments
    As a Social worker, always, we proudly say that socialwork is a profession. We always give the logic…
  • जनता को?
    19.04.2014 - 0 Comments
    काङ्गेसको लागि काङ्गको कार्यकर्ता जनता, एमालेको लागि एमालेको कार्यकर्ता जनता, माओवादीको लागि माओवादीको…
  • Opportunities and Challenges of Social work Trainees in Nepal
    08.08.2015 - 0 Comments
    Opportunities and Challenges of Social Work Trainees in NepalAmit Kumar YadavMSW II yearSchool of Social Work…
  • Community Organisation is one of the primary methods of social work
    25.05.2013 - 0 Comments
    Image taken from www.google.comCommunity Organisation is one of the primary methods of social work. It deals…
  • SOCIAL WORK PROFESSION IN NEPAL
    14.11.2014 - 1 Comments
    Social workers are trained and experienced professionals. Only those who have earned social work degrees at…

Advertisements

Sponsor Link