1

यूवा र राजनीति


नेपालको जुनसुकै क्रान्ति तथा आन्दोलनमा पहिलो पंक्तिमा देखिने यूवा पिंढि त्यहि आन्दोलन सफल भएपछि नेपालको औषत आयू पनि कटिसकेका आफूलाई यूवा वर्गको नेता भनाउँदाहरुको अघि–पछि गर्ने गरेको हामीले देखेकै छौ । क्रान्ति तथा आन्दोलनमा घाइते हुने तथा शहिद हुने बेलामा यूवा अगाडी देखिने तर त्यसको प्रतिफल खाने बेलामा यूवा वर्गले कहिल्यै पनि पाउदैनन् आखिर किन त?
 २०४७ को पहिलो जनआन्दोलन होस् वा २०६२/६3 को दोस्रो जनआन्दोलन, मधेश विद्रोह होस् वा अन्य जनजाती तथा अन्य आन्दोलन ती सबै यूवा वर्गले गर्दा नै सफल भएको कुरा कसैले पनि नकार्न सक्दैन् तर जब सत्ता र शक्तिको कुरा आउँछ तब ६० नाघेका यूवा भनाउँदाहरुले ती यूवा वर्गहरुलाई बेवास्ता गर्ने गर्छ । २०४७ मा आएको बहुदल तथा २०६२र६३ को आन्दोलन पछि गणतन्त्र ल्याउन सफल संविधान सभामा पनि यूवा वर्गले उचित स्थान पाउन सकेनन् र जसले पाए त्यसले खासै देश, जनता तथा खास गरि यूवा वर्गको लागि केही गर्न सकेनन् । संविधान सभामा ती यूवा वर्गको प्रतिनिधित्व देखाउनको लागि, तालि बजाउनको लागि, तथा पार्टीले भनेको समयमा विरोध गर्नु बाहेक अरु खासै रहेन् र विगत छ बर्षमा फेरीएको पाँच ओटा सरकारमा पनि उचित स्थान पाउन सकेनन् ।
 यूवा वर्ग, जसलाई देशको मेरुदण्ड पनि भनिन्छ तर सत्ता, शक्ति र सरकारको कुरा आउँदा किन यूवाहरुलाई बेवास्ता गरिन्छ तरु किन यूवाहरुलाई प्रधानमन्त्रि, मन्त्रि बन्न दिइदैन्, किन यूवा वर्गलाई कुनै पार्टीको सभापति बनाईदैन् त?
 सत्ता तथा शक्ति पाउने बेलामा यूवा वञ्चित हुनुमा ६० नाघेका यूवाहरुको मात्रै दोष मात्रै होईन् बरु हामी यूवाहरुको पनि कमजोरी रहेको छ । क्रान्ति तथा आन्दोलनमा हामी अगाडी हुन्छौ तर त्यसको फल प्रप्ति गर्ने बेलामा हामी ती ६० नाघेका यूवाहरुको लागि बाटो खुल्ला छोड्छौ जसले गर्दा ती नेपालको औषत आयू नाघिसकेका यूवा भनाउँदाहरुले हामी यूवाहरुलाई खेलाउने काम गर्छ र हामी उसको पासो जस्तो गरि खेल्छौ र ती जसलाई हामीले शक्तिशाली बनायौ त्यसले हामी माथि नै दमण तथा शोषण गर्छौ र सहेर बसेका छौ । 

जसले मह काट्छ त्यसले हात चाट्छ भनेझै हामी यूवा राजनीतिक परिवर्तनको लागि मर्न तथा मार्न अग्र पंक्तिमा उभिन्छौ भने यदि त्यो परिवर्तन सफल भएपछि त्यसको प्रतिफल स्वरुप यूवा वर्गले सत्ता तथा शक्ति पाउनु पर्ने हो न कि काम गर्ने कालु मकै खाने भालु भनेझै ती नेपालको औषत आयू नाघेका ६० नाघेका यूवा भनाउँदा हरुले । त्यसपछि मात्रै नेपालमा विकास कार्यको गति तिब्र हुन्छ नत्र ती ६० नाघेका यूवा भनाउँदा हरुको भर पर्ने हो भने विकास त हुन्छ तर त्यो कछुवाको गतिको विकास हुने छ जुन भनिनको लागि त विकास हो तर २१ औ शताव्दीको तुल्नामा हामी धेरै पछाडी पर्ने छौ । त्यसैले अरुका लागि धेरै लड्यौ, धेरै म¥यौ अब आफ्नै लागि गर्ने बेला आएको छ । अब पनि नेपालको औषत आयू नाघेका यूवा भनाउँदाहरुलाई शक्तिमा पु¥याउनको लागि होईन कि आफू नै सत्ता र शक्तिमा जानको लागि लडने बेला आएको छ । अब पनि काम गर्ने कालु मकै खाने भालुको अवश्था आउन दिनु हुदैन् हामीलाई विकास चाहिएको छ त्यसैले हामी नै सत्ता र शक्तिमा आउनु पर्छ ।


Comments

Sponsor Links

Random Posts

  • Group Dynamics
    22.08.2013 - 0 Comments
    Group Dynamics 'Group dynamics' has been used to refer to the group processes themselves or to the methods…
  • Types of slums
    14.07.2014 - 0 Comments
    According to Bergel there are three types of slums. Those areOriginal Slum where from the beginning the …
  • OPPORTUNITIES AND CHALLENGES FOR SOCIAL WORK TRAINEES IN FIELD WORK
    20.01.2015 - 0 Comments
    This study titled “Opportunities and challenges for Social Work Trainees in Nepal” is the bonafide research…
  • Community Organisation is one of the primary methods of social work
    25.05.2013 - 0 Comments
    Image taken from www.google.comCommunity Organisation is one of the primary methods of social work. It deals…
  • Ageing Population and Social Security
    18.05.2013 - 0 Comments
    The issue of social security to elderly people has been gaining its momentum to the discussion in developing…

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link