1

बन्दको खेल बहिष्कार गरौं



 नेपालमा एउटा दरो खेलको सुरुवात भइसकेको छ । हामी नेपालीले त्यो खेल चाहे पनि नचाहे पनि हेर्नैपर्ने हुन्छ । कति साथी त्यो खेलको मारमा पर्नुहुन्छ भने कतिलाई रमाइलो लाग्न सक्छ । सक्दो यो खेल शनिबारको दिन हुने छैन । तर खेलाडीहरू उत्साहित भएमा शनिबार पनि हुन सक्नेछ । यो खेलको नाम हो, बन्दको खेल । धेरै दिनदेखि यो स्थगित खेलको सुरुवात वैद्यजीले सुरुवात गर्नुभयो र काठमाडौ बन्दबाट यो खेलको सुरुवात भइसकेको छ र केही जिल्लामा पनि यसले केही प्रभाव पारिरहेको छ । यो खेल केही दिन, हप्ता वा महिनामा हरेक जिल्लामा पुग्न सक्ने मेरो अनुमान छ । यो खेलका लागि स्कुलरकलेज जान मन नपराउने केही विद्यार्थी साथीहरूले पनि खुल्ला हृदयले स्वागत गरेका छन् भने आम नेपालीले यो खेलको विरुद्धमा खासै केही गर्नसकेका छैनन् । त्यतिकै पनि हाम्रो देशमा सार्वजनिक विदा धेरै हुन्छ र यस्ता बन्दका खेलले गर्दा देश विकासमा खासै टेवा नपुग्ने भए पनि यो खेलको विरुद्धमा कसैले बोल्न नसकेको अवस्था छ । त्यसैले साथीहरू यो खेल यदि रोकिएन भने यसका खेलाडीहरू बढ्ने सम्भावना धेरै रहेको हुँदा यो खेललाई बहिष्कार गरौं । सबैले आ(अनफ्नो काम गरौं । बन्दको खेल
बहिष्कार गरौं ।

Comments

Sponsor Links

Random Posts

  • Degrees Of Freedom
    12.09.2020 - 0 Comments
     Bikesh Yadav Degrees of freedom is a number of values in a study that has the freedom to the vary. It…
  • Social work as a profession
    31.05.2013 - 0 Comments
    Social work is tending toward the rank of law, medicine, and the other established professions, all of which…
  • Barriers to Empowerment
    30.05.2013 - 0 Comments
    Generally poor people have the feeling of powerlessness. These people can be helped to feel powerful to…
  • BSW-302 Methods of Social Work
    09.11.2017 - 3 Comments
    BASW SyllabusBSW-302 Methods of Social Work (100 marks)Course…
  • चतुर सरकार, मुर्ख जनता
    06.06.2020 - 0 Comments
    जसरी पहिले पहिले पेट्रोल, ग्यास आदिको मूल्य बढाउनु भन्दा पहिले नै सरकारले २ गुणा थपेर बढाउथ्ययो, त्यस पछि…

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link