1

नैतिकता नभएको नेता र निदाएको जनता



अचम्मको देश हाम्रो देश ‘नेपाल’। जहाँ जे पनि हुन सक्छ । यहाँ दुई ठाउँबाट हारेको नेता प्रधानमन्त्रि बन्न सक्छ, जहाँ प्रजातन्त्रलाई नै चुनौति दिँदै जो जनप्रतिनिधि छैन, जसलाई जनताले आफ्नो प्रतिनिधित्व गर्ने अधिकार दिएको छैन् ऊ देशको मन्त्रि परिषदको अध्यक्ष बन्न सक्छ, जलस्रोतको धनि देश आफै लोडसेडिङ्गको मारमा छ, खानेपानीको हाहाकारमा गाउँ नै विस्थापित हुँदा पनि तथा हरियो वन नेपालको धन नारामै सिमित हुँदा पनि, तथा अरु समस्याहरु देखेर पनि नदेखेझै गरि मौन बसेका छौ हामी जनता । प्राकृतिक स्रोत साधनमा धनि भएर पनि हामी अझै पनि अविकसित राष्ट्रको रुपमा रहेका छौ किन त?


चुनावी माहोलमा यस्ता कुराहरुले के नै महत्व राख्छ तरुअवश्य पनि यस्ता कुराहरुले चुनावी माहोलमा महत्व राख्छ किनकि विगतमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यी कुराहरुले देशको विकाससँग महत्व राखेको कुरा प्रष्ट गरेको छ । एउटा कुरा के प्रष्ट छ भने अब हुने चुनावमा पनि कुनै पार्टीले प्रष्ट बहुमत ल्याउन सक्दैन् । यस्तो अवश्थामा हरेक पार्टीले अर्को पार्टीको अस्तित्व स्विकार गर्ने र एक अर्कालाई गाली गर्नुको साटो यदि एक–अर्कालाई विश्वासमा लिएर मात्र नै जनताको इच्छा, आकाँक्षा र संविधान निर्माण कार्य पुरा गर्न सक्छ ।

अझ पनि संविधान सभा विघटनको दोष एक अर्का माथि थुपारेर आफु चोखो हुन खोज्नु भन्दा आफु र आफ्नो पार्टीले संविधान बनाउनमा कतिको महत्व दियो, संविधान बनाउनमा कतिको प्रतिवद्ध रह्यो तरु संविधान सभाको बैठकमा किन प्रायः कुर्सीहरु खाली रहन्थे तरु किन प्रायः जसो सविधानको बैठकमा ठुला भनाउँदा नेताहरु अनुपस्थित रहन्थे तरु यो कुराहरुको आत्मसमिक्षा गर्न जरुरी छ र संविधानको लागि सबैको प्रतिवद्धता अनिवार्य रहेको छ र यसको लागि सबैले मिलेर काम गर्नको विकल्प छैन् ।

संविधानको लागि भोट माग्ने नेताहरु अझै पनि सविधानमा के के हुनु पर्ने कुरामा भन्दा अर्को नेताहरुलाई तथा अर्को पार्टीलाई गाली गर्न मै व्यस्त छन् । काङ्गेस एमालेले माओवादीलाई र माओवादीले काङ्गेस एमालेलाई गाली गर्न मै समय बर्बाद पारीरहेको छ । यो कुरा नकार्न धेरै नै गाह्रो होला कि अब बन्ने संविधान सभामा पनि ति ठुला भनाउँदा पार्टीहरु नै संविधान सभामा अग्रणि स्थानमा आउँछ र यी पार्टीहरुले पुनः पनि विगतमा झै गरेको गल्ति तथा व्यवहार दोहो¥यायो भने पुनः बन्ने संविधान सभाको भविष्य पनि संकटमा हुने कुरा नकार्न सकिदैन् ।

हरेक पल्टको राजनीतिक परिवर्तनमा अब नेपाली जनता व्युझिएला भन्ने विश्वास गर्छौ तर दुर्भाग्य नेपाली जनता अझै पनि आधि निद्रा मै रहेको छ । २०६४ को चुनावमा नेपाली जनताले नयाँ शक्तिलाई सरकार र शक्ति दियो तर दुर्भाग्य तिनले पनि विगतमा अरुले गरेको गल्ति नै दोहो¥यो । उसले पनि जनताको इच्छा र आकांक्षलाई महत्व दिन सकेन् । चुनाव पछि यदि नेपाली जनता नसुतेको भए सायद नेपालमा पुनः संविधान सभाको चुनाव गर्नुपर्ने अवश्था आउने थिएन्, ६०१ ले नेपाली जनताको इच्छा आकांक्षा माथि खेलवाड गर्ने थिएन् ।
हामी जस्तै हाम्रो पुर्खाहरुले व्युझिने कोसिस कहिल्यै पनि गरेन र त्यसै कारणले हामी अझै विश्व भन्दा धेरै नै पछि छौ र अझै पनि हामी निद्राबाट दिर्घकालको लागि उठेनौ भने पछि आउने सन्ततीले हामीलाई पनि त्यस्को दोषबाट उन्मुक्ति दिने छैनन् । अहिलेको चुनावी माहोलमा जनतालाई व्युझाउनको लागि राजनीतिक दल तथा उम्मेदवारहरु जनताको घर घर पुगेका छन् । जनता फेरी पनि गहिरो निद्राबाट व्युझिदै छन् । अब हामी जनता संविधान नबने सम्म र देश विकासको मार्गमा अगाडी नबढुन जेल निद्रालाई त्याग्नै पर्छ । अबको संविधान सभाको गठन पछि पनि जनता निदाएर होइन कि बरु नसुतिकन नेताहरुलाई तथा संविधान सभाको सदस्यहरुलाई होसियारी र खबरदारी गर्नै पर्छ । विगतमा झै संविधानको अन्त्य नहोस् भन्ने उद्देश्यको साथ नेताहरु पनि नैतिक भएर संविधान सभा र देशलाई प्राथमिकता दिनैपर्छ । व्यक्तिगत स्वार्थ र पार्टीगत हितलाई टाढा राखेर देश र जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्नै पर्छ ।
संविधान हरेक देशको मुल कानुन हो र यो अपरिहार्य छ । यसमा सबैको पहुँच र सम्पुर्ण जनताको मागलाई समेटने हुनुपर्छ । संविधानले कसैलाई काँखा कसैलाई पाखा हुने किसिमको हुनु हुदैन् । संविधानमा सम्पुर्ण जनताको हरेक अधिकारको ग्यारेन्टि गरिनुपर्छ र त्यो व्यवहारमा पनि लागु गर्नु पर्छ । यसको लागि जनता निदाएर होईन् बरु जागरुक भएर र संविधान सभाको सदस्य तथा नेताहरुमा पनि नैतिकता हुनु जरुरी छ ।

-----------------

Comments

Sponsor Links

Random Posts

  • Principles of Community Organisation
    24.05.2013 - 0 Comments
    Generally, Principles means guiding rules of practice. Principles are expressions of value judgments. The…
  • Portfolio
    06.12.2018 - 0 Comments
    ------------ Portfolio Subesh Raj Panta Child Rape in Nepal Domestic and sexual…
  • SOCIAL WORK PRACTICE WITH LOCAL COMMUNITIES
    27.07.2018 - 0 Comments
    Introduction By Subesh Pant The main argument of this article is that, when practicing social…
  • OPPORTUNITIES AND CHALLENGES OF SOCIAL WORK LEARNERS IN NEPAL- Conclusion
    03.12.2015 - 0 Comments
    ------------CONCLUSIONSocial Work, with its focus on enhancing the total well being of individuals, groups…
  • BSW-305 Research Methods in Social Work
    20.06.2018 - 0 Comments
    BASW 3rd Year SyllabusBSW-305 Research Methods in Social…

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link