1

मूल्य बृद्धिको मारमा नेपाली जनता




नेपालमा कारको मूल्यमा भएको बृद्धिले सम्पुर्ण नेपालीलाई असर नगर्ला, मोटरबाईकमा हुने बृद्धिले सम्पुर्ण नेपालीलाई असर नपार्ला, भ्रष्टाचार गरेकाहरुलाई मूल्य बृद्धिले असर नपार्ला, कुनै पनि संस्थाको उच्च तहमा बसेकालाई मूल्य बृद्धिले असर नपार्ला, मन्त्रि–प्रधानमन्त्रिको त कुरै नगरौ उनीहरुलाई महङ्गीको छायाले सम्म छुदैन् तर ती जसको आफ्नो कार किन्ने हैसियत छैन्, जसले आफ्नो छोराछोरीलाई मोटरबाईक किन्न सक्ने हैसियत छैन्, जसले भ्रष्टाचार गर्दैन्, जो कुनै संस्थाको तल्लो तह वा मध्यम तहमा काम गर्ने कर्मचारीलाई, तथा आफ्नो घरबाट टाढा, शिक्षा हासिल गर्न आएका, अरुको घरमा भाँडामा बसेकाहरुलाई यस्ता मूल्य बृद्धिले अवश्य नै असर गर्छ ।

पेट्रोल÷डिजेल÷मट्टितेलमा एक रुपिया मात्रै बढ्दा पनि अन्य उपभोग्य सामग्रीको मूल्यले त आकास नै छुन्छ । सरकारले विद्यार्थीको लागि छुटको कुरा गर्छ तर पसलेले छुट दिदैन्, पेट्रोलमा मूल्य बृद्धि हुनासाथ घरबेटीले भाँडा घटाउँदैनन् झन उनीहरुले घरको भाँडा बढाउने मौका पाउँछन्, गाडि भाँडा बढ्छ, तरकारीको भाउँ बढ्छ र यसको सम्पुर्ण मार विद्यार्थी तथा अरुको घरमा वहालमा वस्नेहरुलाई पर्छ । नेताहरुलाई के मतलव जतिसुकै ग्यासको अभाव भएपनि एउटा फोनकलमा घरमै ग्यास आएकै छ, जतिसुकै पेट्रोलको अभाव भएपनि करौडौको गाडीमा घुम्न पाएकै छन्, नेपाली जनताहरुको पैसामा मोज गर्न पाएकै छन्, गरिबको घरमा खाना खानलाई राज्यको ढुकुटिबाट लाखौ लुटाएकै छन्, छोरा छोरीलाई विदेशी दुतावासको सहयोगमा विदेश पठाएकै छन्, श्रीमतिसँग देश–विदेश घुम्न गएकै छन्, बन्द–हडतालमा पनि निडर रातो बत्तिको मद्दतले जान मन लागेको ठाउँमा गएकै छन् । तीनीहरुलाई न त महङ्गीले प्रभाव पार्न सकेको छ न त कुनै बन्द हडतालले छेकेको छ, सबैको मारमा पर्ने त सर्बसाधारण जनता नै हो ।

झन सत्ताको लागि बारम्बार बन्द गर्ने दलहरु पनि जनतालाई प्रत्यक्ष प्रभाव पार्ने यस मूल्य बृद्धिको विरोधमा कहिल्यै पनि चेतावनी मूलक बन्द पनि गरेनन् । सायद माउ पार्टी सत्तामा हुँदा मूल्य बृद्धिले उनका भातृ संगठनहरुलाई कुनै असर नै नपर्ने तर विपक्षमा हुँदा मात्रै असर पर्ने जस्तो गरि सत्ता पक्षिय विद्यार्थी संगठनले कहिले पनि मूल्य बृद्धिको विरोध गर्ने गर्दैन् । केही विद्यार्थी संगठनहरुले यसको विरोध गरेपनि त्यो विरोध प्रयाप्त हुन सकेको छैन् ।
राजनीतिक स्वार्थको लागि गर्ने गरेको बन्दको साटो यसरी जनतालाई प्रत्यक्ष प्रभाव पार्ने कुराको विरोधमा जे जस्तो कार्य गरेपनि सम्पुर्ण जनताले साथ दिने थियो तर ती टाउकेहरुलाई यसले कुनै पनि असर नपर्ने भएकोले यसको विरोध समेत गर्दैनन् ।


विभिन्न राष्ट्रिय तथाअन्तराष्ट्रिय संघ–संस्थाको रिपोर्टलाई आधार मान्ने हो भने नेपालको ४० प्रतिशत जनसंख्या अझै पनि गरिबीको रेखा मुनि नै रहेको छ । जसको दैनिक आम्दानी १०० रुपिया पनि छैन् तर मट्टितेल नै करिब सय रुपिया प्रति लिटर पर्छ भने के ती जनताहरु भोकै बसुन्रु झन दैनिक उपभोग्य सामग्रीको मूल्य त आकासिए कै छ । तर पनि सरकार गरिब नपाली जनताहरुलाई झन गरिबीमा धकेलिरहेको छ ।


Comments

Sponsor Links

Random Posts

  • Social Work
    27.05.2014 - 0 Comments
    Social work is a profession as well as academic discipline which seek to improve quality of life of…
  • Update from a Member of the Saudi Society for Health and Social Service
    07.04.2020 - 0 Comments
    Update from a Member of the Saudi Society for Health and Social Service This content is copied from…
  • BSW-302 Methods of Social Work
    09.11.2017 - 3 Comments
    BASW SyllabusBSW-302 Methods of Social Work (100 marks)Course…
  • Sampling
    27.08.2014 - 0 Comments
    SamplingSampling is a process of selecting units from a population or universe of interest. Mostly,…
  • Opportunities and Challenges of Social Work Trainees in Nepal- Full Article
    27.11.2018 - 0 Comments
    --------------Opportunities and Challenges of Social Work Trainees in NepalAmit Kumar YadavMSW II yearSchool…

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link