1

देशमा राजनीति धेरै भयो अब बिकास गर



कुनै समय हामीहरुकै अवश्थामा रहेको देशहरुले विकास कार्यमा यति धेरै ठुलो फड्को मारिसकेको छ कि हामी उनीहरुलाई भेटन् सक्ने अवश्था छैन् । हामीहरुको विकासको गति उनीहरुको विकासको गति भन्दा धेरै नै कम छ । स्रोत साधन नभएका देहशरु हामी भन्दा धेरै अगाडी बढिसकेको छ तर हामी सँग भएको स्रोत र साधनहरुको उचित प्रयोग ९सदुपयोग० गर्न नसकेकोले हामीले विकासमा निर्माणको काममा धेरै पछाडी परेका छौ । हाम्रै छिमेकी देश ९राष्ट्र० जुन विदेशी उपनिवेशमा रहेको भारत तथा दोस्रो विश्व युद्धमा न्युक्लियर बमको मारमा परेको जापानको तथा अन्य छिमेकी मुलुकहरुको आर्थिक बृद्धिदर विश्वको पहिलो दस स्थानमा आउने गरेको छ । तर हाम्रो देश जहाँ न त कहिले विदेशीले शाषण नै गर्न पाए, र न त हामी कुनै ठुलो युद्धको मार नै प¥यो तर पनि हामी हाम्रा छिमेकीहरु भन्दा हामी विकास दर तथा विकास कार्यमा धेरै नै पछि परेका छौ । किन तरु

यि सबैको कारण भनेको हाम्रो देशले कुनै पनि विकासका दुरदर्शी नेता तथा शाषकलाई जन्म दिन सकेन् । कुनै पनि नेता तथा शाषक यस्ता थिएनन् जसले आफ्नो व्यक्तिगत स्वार्थ तथा आफ्ना व्यक्तिगत इच्छा आकांक्षा भन्दा देश तथा जनताको हक हितलाई वास्ता गरेनन् । अहिले सम्म जति पनि नेताहरु त्था शाषक जन्मे ती सबै कि त आफ्नो शक्ति बढाउनको लागि काम गरे कि त आफु राज्य सत्तामा रहनको लागि काम गरे वा आफ्नो राजनीतिक तथा व्यक्तिगत स्वार्थको लागि काम गरे तथा देश नै विकास गर्छु भनेर न त कुनै नेता नै लागे न त कुनै शाषक नै । पृथ्वी नारायण शाह देखि ज्ञानेन्द्र शाह सम्म तथा देशका साना नेता देखि ठुला भनाउदा नेताहरु समेत देशको हितलाई महत्व दिन सकेन् ।

देश तथा नेपालको हितमा सोच्ने शाषक तथा नेताहरु भन्दा ठग, फटाहा, शक्ति तथा सत्ताको लागि काम गर्ने शाषक तथा नेताहरुले गर्दा नै देशको विकास नभएको कुरामा कुनै दुई मत नरहेको कुरा हामीले विगत ६ बर्षमा देखि नै सकेका छौ । जनताले विश्वास नगरेका नेताहरु प्नि संविधान सभाको सद्स्य बनाइएर जनताको करबाट उठेको रकमले तलब भत्ता खाए खाए तर जनताले विश्वास गरेको पार्टी तथा नेताहरुले जनताको करबाट उठेको रकमबाट तलब भत्ता खाएर जनताले संविधान बनाउन दिएको जिम्मा पुरा गर्न सकेनन् । अब फेरी त्यहि संविधान सभाको गठनको लागि फेरी तीनै चोर–फटाहाहरु भोट मागिरहेका छन् भने तीनीहरुमा विश्वास गर्ने कसरी । विगतमा संविधान सभाको सदस्य रहेकोहरु बाहेक केही अपवाद बाहेक अरु हुन्वाला छैन्, देशका ठुला भनाउदा पार्टीहरु केही तल माथि होला तर बढि सिट ल्याउने भनेको तीनीहरु नै । दुई बर्ष म्याद रहेको संविधान सभाको अवधि ६ बर्ष सम्म हुँदा पनि नेपाली जनतालाई संविधान दिन नेताहरुले अबको संविधान सभाको चुनाव पछि  संविधान देला नै भन्ने के ग्यारेन्टि छरु

नेपाली जनताले देशमा राजनीति धेरै देखिसक्यो । राजनीतिकर्मीहरु धेरै रहेको, व्यक्तिगत स्वार्थ तथा महत्वकांक्षाको लागि राजनीति गर्ने गरेको देखेर हामी जनता हैरान भईसकेका छौ, अब देशमा राजनीति हैन विकास चाहिएको छ, अब हामी जनताले नेताहरुलाई त्यतिकै पालेर खुवाउन सक्ने अवश्था छैन् । विश्व धेरै अगाडी बढिसकेको छ त्यसको तुल्नामा हामी धेरै पछाडी छौ । अब जनताले कुरा हैन काम खोजेको छ राजनीति हैन् विकास खोजेको छ ।

Comments

Sponsor Links

Random Posts

  • Collective Action and Community Development
    14.08.2013 - 0 Comments
  • आन्दोलन र बन्द
    17.08.2015 - 0 Comments
    आन्दोलन र बन्दनेपालमा धेरै आन्दोलन भए र सबै आन्दोलनमा जनताले आन्दोलनको नेतृत्वकर्तालाई भरपुर साथ र सहयोग दिए…
  • Opportunities and Challenges of Social work Trainees in Nepal
    08.08.2015 - 0 Comments
    Opportunities and Challenges of Social Work Trainees in NepalAmit Kumar YadavMSW II yearSchool of Social Work…
  • Opportunities and challenges for Social Work Trainees in Nepal - Major Finding 1
    27.11.2014 - 0 Comments
    This study titled “Opportunities and challenges for Social Work Trainees in Nepal” is the bonafide research…
  • मधेशी नेता र मधेशका मुद्दा
    19.04.2014 - 0 Comments
    माओवादी जनयुद्धकालमा माओवादीले नेपालको पिछडिएका तथा सिमान्तकृत वर्ग तथा मधेशको हक–अधिकारको मुद्धाहरुलाई अगाडी…

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link