1

एबिसिडिले आक्रान्त देश



ए फर एप्पल, बि फर बल, सि फर क्याट, डि फर डग भनेर अहिले पनि स–साना भाई बहिनीहरु पढने गरेको छ तर हाम्रो देशको माहोल हेर्दा अब बच्चाहरुलाई बुझ्ने किसिमले अब शिक्षकहरुले पढाउन जरुरी भईसकेको छ, जुन कुरा उनीहरुले सधै नै देख्ने गरेको, सुन्ने गरेको कुराहरुलाई समेटेर पढाउनु पर्छ । हाम्रो देशको परिवेशलाई हेर्ने हो भने ए फर आन्दोलन, बि फर बन्द, सि फर चक्काजाम र डि फर धर्ना भनेर पढाउने अवश्था आएको छ जसको बारेमा अहिले नेपालका हरेक समुदाय, परिवारमा चर्चा हुन्छ र यहि कारणले आफ्नो जायज तथा नाजायज मागहरु पुरा गराउनको लागि दल तथा नेताहरुले पनि यसको प्रयोग गरि नै रहेको हुन्छ जसको अनुभुती स–साना भाई बहिनीहरुले पनि गरेको हुनुपर्छ ।


हो, हाम्रो देशका दल तथा नेता भनाउँदाहरुले गर्दा एबिसिडि पढाउने तारिकामा नै परिवर्तन गर्ने बनाएको छ र यहि एबिसिडिले गर्दा देशमा अशान्ति, अशिक्षा, बेरोजगारी, तथा अन्य समस्याहरु सिर्जना भएको छ । खासगरि नेपालको राजनीतिमा ए.बिसिडि रहेको छ अर्थात आन्दोलन भनेको बन्द, चक्कजाम, र धर्ना त्यो बाहेक अरु विकल्प देखेकै छैन् । जायज देखि नाजायज माग तथा जनताको नाममा गरिने सबै प्रकारको आन्दोलनको लागि ए.बिसिडिको प्रयोग बढ्दो रहेको छ । जनताको नाममा गरिेने यस्ता एबिसिडिले सरकार तथा सम्बन्धित व्यक्ति वा समुह भन्दा पनि आम जनता मारमा पर्ने गरेको छ । न त यसले विरोध गर्ने पार्टीका ठुला नेताहरुलाई नै असर पर्छ । जतिस ुकै बन्द–हडताल भए पनि, जतिसुकै महङ्गि भएपनि त्यसले ठुला भनाउँदाहरुलाई कहिल्यै पनि छोएन् छोयो त केवल जो आफ्नो दैनिकि टार्नको लागि सधै नै कामको खोजिमा रहन्छ, जसको फोनले घरमा ग्यास आईपुग्दैन्, जो पेट्र«ोलको लाईनमा घण्टौ कुर्न बाध्य छ, जसलाई कार्यालय हिडेरै भएपनि जान पर्ने बाध्यता छ, जो रातो बत्ति भएको गाडीमा चढ्दैन् तीनीहरुलाई ।  
सडकमा यातायातको साधन ठप्प भएपनि ठुला भनाउँदाहरुको रातो बत्ति भएको गाडी आन्नदपुर्वक जान सक्छ तर हामी जस्तो सर्बसाधारण यदि साईकलमा पनि गयौ भने साईकलको हावाँ निकालिदिन्छन्, मोटरबाईकमा गयौ भने मोटरबाईक नै जलाई दिने गर्छ । हरेक दल तथा नेताहरुले एबिसिडि जनताको लागि हो भनेर गर्छ तर त्यहि एबिसिडिले सबै भन्दा मारमा पर्ने भनेको जनता नै हो । यदि जसको लागि गरिएको हो भनिन्छ भने त्यसको मारमा त्यहि जनता नै पर्छ भने अवश्थ पनि यो ए.बिसिडिको सिद्धान्त सहि हुन सक्दैन् । त्यसैले ए.बिसिडिको सिद्धान्त छाडेर तथा बन्द, चक्काजाम, धर्ना जस्ता कार्यक्रम त्यागेर आम नागरिकलाई धेरै गाह्रो नपर्ने गरि विरोधको कार्यक्रम प्रस्तुत गर्न‘पर्ने बेला आईसकेको छ जसको विभिन्न उदाहरण हामी विदेशमा पनि हेर्न सक्छौ । त्यसैले अब विरोधको शैली फेरौ, ए फर अर्को विकल्प खोजौ ।

-----------------

Comments

Sponsor Links

Random Posts

Advertisements

Sponsor Link