एबिसिडिले आक्रान्त देश
ए फर एप्पल, बि फर बल, सि फर क्याट, डि फर डग भनेर अहिले पनि स–साना भाई बहिनीहरु पढने गरेको छ तर हाम्रो देशको माहोल हेर्दा अब बच्चाहरुलाई बुझ्ने किसिमले अब शिक्षकहरुले पढाउन जरुरी भईसकेको छ, जुन कुरा उनीहरुले सधै नै देख्ने गरेको, सुन्ने गरेको कुराहरुलाई समेटेर पढाउनु पर्छ । हाम्रो देशको परिवेशलाई हेर्ने हो भने ए फर आन्दोलन, बि फर बन्द, सि फर चक्काजाम र डि फर धर्ना भनेर पढाउने अवश्था आएको छ जसको बारेमा अहिले नेपालका हरेक समुदाय, परिवारमा चर्चा हुन्छ र यहि कारणले आफ्नो जायज तथा नाजायज मागहरु पुरा गराउनको लागि दल तथा नेताहरुले पनि यसको प्रयोग गरि नै रहेको हुन्छ जसको अनुभुती स–साना भाई बहिनीहरुले पनि गरेको हुनुपर्छ ।
सडकमा यातायातको साधन ठप्प भएपनि ठुला भनाउँदाहरुको रातो बत्ति भएको गाडी आन्नदपुर्वक जान सक्छ तर हामी जस्तो सर्बसाधारण यदि साईकलमा पनि गयौ भने साईकलको हावाँ निकालिदिन्छन्, मोटरबाईकमा गयौ भने मोटरबाईक नै जलाई दिने गर्छ । हरेक दल तथा नेताहरुले एबिसिडि जनताको लागि हो भनेर गर्छ तर त्यहि एबिसिडिले सबै भन्दा मारमा पर्ने भनेको जनता नै हो । यदि जसको लागि गरिएको हो भनिन्छ भने त्यसको मारमा त्यहि जनता नै पर्छ भने अवश्थ पनि यो ए.बिसिडिको सिद्धान्त सहि हुन सक्दैन् । त्यसैले ए.बिसिडिको सिद्धान्त छाडेर तथा बन्द, चक्काजाम, धर्ना जस्ता कार्यक्रम त्यागेर आम नागरिकलाई धेरै गाह्रो नपर्ने गरि विरोधको कार्यक्रम प्रस्तुत गर्न‘पर्ने बेला आईसकेको छ जसको विभिन्न उदाहरण हामी विदेशमा पनि हेर्न सक्छौ । त्यसैले अब विरोधको शैली फेरौ, ए फर अर्को विकल्प खोजौ ।
Comments
Post a Comment