चतुर सरकार, मुर्ख जनता
जसरी पहिले पहिले पेट्रोल, ग्यास आदिको मूल्य बढाउनु भन्दा पहिले नै सरकारले २ गुणा थपेर बढाउथ्ययो, त्यस पछि सधैझै विद्यार्थी संघहरुले आन्दोलन गर्थे, त्यसपछि सरकारले आधा घटाउथ्यो । पछि आन्दोलन सफल भयो भनि विद्यार्थी नेता नि खुसी र मूल्य बढाउन पाइयो भनि व्यवसायी र सत्ता च्यापेर बसेका नेता नी खुसी । यसरी चतुर सरकारले जनतालाई सधै नै मुर्ख बनाइ नै रहयो र यो परम्परा बहुमतको सरकारले पनि निरन्तरता दियो ? यसको सम्बन्धको बारेमा हामी पछि कुरा गर्छाै । पहिला कुरा गरौ कारोना भाइरसको । कोरोना कहर, दुइमहिना भन्दा लामो लकडाउन, जनजिवन पुरै ठप्प, सानो देखि ठूलो सम्पुर्ण व्यापारीको व्यापार ठप्प । सरकारले व्यापारीलाई राहत देला भन्ने आसमा लकडाउनको पालना तर सरकारले बजेट भाषण पछि साना–ठूला सम्पुर्ण व्यवसायिलाई ठूलो झटका लागेको छ । व्यवसायिहरुलाई एकातर्फ सरकारले पिडित बनाएको छ भने अर्काे तर्फ बैंक तथा सहकारी संस्थाहरुले । लगभग दुई महिना लामो बन्दले न त व्यवसाय चलेको छ, न त कुनै आम्दानी भएको छ । कर र व्याज कहाँबाट तिर्ने ? झन राहतको नाममा बैंकले ३ प्रतिशत व्याज छुट दिने भनेको छ, त्यो पनि अहिले दियो भन...