जनता को?
काङ्गेसको लागि काङ्गको कार्यकर्ता जनता, एमालेको लागि एमालेको कार्यकर्ता जनता, माओवादीको लागि माओवादीको कार्यकर्ता जनता तथा अन्य पार्टीको लागि आ–आफ्नै कार्यकर्ता जनता रहेको छ तर स्वतन्त्र जनताकोरु हरेक पार्टीले आ–आफ्नो भाषनमा आफ्नो कुरामा तालि बजोस भन्ने उद्देश्यले यो कार्य नेपाली जनताको लागि, यो आन्दोलन नेपाली जनताको लागि, यो सहमति नेपाली जनताको लागि भनेर भन्ने गर्छ तर सत्तामा पुगेपछि वा आफ्नो स्वार्थ पुरा भएपछि त्यही नेपाली जनतालाई बिसर्ने गर्छ ।
जनताको नाममा आएको बिकास रकम आ–आफ्नो पोल्टामा पारी तथा आफ्नो होइन कि आफ्नो श्रिमती, छोरा छोरीको नाममा बैंक ब्यालेन्स राखेर आफूले नेपाली जनताको लागि कार्य गरेर देखाउन पोख्त भइसकेको नेताहरुले गर्दा देश गरिब तथा स्थिर हुन सकेको छैन् । जसले जतिसुकै नेपाली जनताको नाम जपेपनि अन्तयमा गर्ने भनेको आफ्नै लागि तथा आफ्नो नजिकको मान्छेलाई न कि अरु जनतालाई । त्यसैले नेपाली जनताको नाममा गरिरहनु भएको आन्दोलनहरुलाई स्वागत छ चिसो धेरै छ सडकमा आगो बाल्नुहोला ताप्न अवश्य नै आउनेछु ।
Comments
Post a Comment