1

किन भोट हाल्नु?

नेताहरुले भने नेपालमा राणाशासन भएकोले विकास भएन्, जनताले नेताहरुको कुरा स्विकार गरेर नेपाली जनताले राणा शासनलाई फाले, फेरी नेताले भने पञ्चायपति व्यवश्था होईन् प्रजातन्त्रले मात्र देशको विकास गर्न सकिन्छ फेरी पनि जनताले नेताहरुलाई मौका दिए र प्रजातन्त्र ल्याए, फेरी पनि नेपालमा विकास भएन् । अब नेताहरुले भने राजतन्त्र नै विकासको बाधक हो, हो कि भनेर नेपाली जनताले राजतन्त्र पनि फाले तर पनि नेपालको विकास सम्भव भएन् । भने अब नेपालमा विकासको बाधक को भन्दा खेरी राणाकाल पछि नेपालमा विकास नहुनुको मुख्य कारक भनेको नेपालमा धेरै पार्टी हुनु र स्वतन्त्र नेपाली भन्दा पनि बढि नेताहरु रहेको प्रष्टै देखिन्छ ।

नेपालीले विकासको चाहना राखेर विभिन्न सशस्त्र तथा निसशस्त्र आन्दोलनहरुमा धेरै नै सक्रिय भएर लागे र धेरै सहिद पनि भए । तर आज सम्म पनि कुनै पनि पद ती सहिदका परिवार तथा आफन्तले पाएनन् बरु जसको छोरा छोरी न त आन्दोलनमा सरिक भए, न त उसको कुनै आफन्त नै सहिद भयो, जसलाई कुनै समय पनि न त प्रहरीको लठ्ठि नै लाग्यो, न त कहिले घाईते नै भए तर आन्दोलन सफल भए पछि त्यसको फल खानमा सबै भन्दा अग्र पंक्तिमा ती नै भए ।

नेताहरुको पछि लागेर नेपाली जनताले राणाकाल देखि राजतन्त्र सम्म फाले तर त्यसको उपलब्धि के? अशान्ति, द्धन्द्ध, असमझदारी, असहिष्णुता ? के यसकै लागि जनताले राणा देखि राजा सम्म लाई फालेको हो त? जनताको करले ती नेताहरुलाई तलब दिईन्छ तर जनताले पाए के बेरोजगारी, महङ्गी ? नेपाली जनता आफ्नो घरमा खरको छत हालेर बसे तर नेताको लागि ठूल ठूला घर बनाउन दिए, नेपाली जनताहरु ती हजारको दुई पाङ्गग्रे साईकल चढेर ती नेताहरुलाई तीन करोड भन्दा बढिको गाडीमा बसाए, नेपाली जनता आफू अध्यारोमा बसे पनि ती नेताहरु कहिले पनि अध्यारोमा बस्ने बनाएनन् तर त्यसले नेपाली जनताले पाए के? चूनाव आएपछि मात्रै देखिने जनताका प्रतिनिधिहरु चूनाव जिते पछि कति दिन आफूले जितेको चूनाव क्षेत्र भ्रमण गरेका छन् त?
एक यूगमा एक चोटि आउने भनिएको संविधान सभाको निर्वाचन ६ बर्ष नवितदै गर्नुपर्ने अवश्था कसले सिर्जना ग¥र्योरु संविधान सभाले संविधानलाई आफ्नो गन्तव्य सम्म नपु¥याईकन नै अवसान भयो, नेपाली जनताले त्यसको निम्ति करौडौ खर्च गरे तर पनि संविधान बन्न सकेन् र अहिले पनि कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना छैन् र फेरी पनि ती विगतका ६ बर्ष नदोहोरिएला भन्ने के गयारेन्टि छ?
फेरी पनि नेपाल चूनावमय हुन गईरहेको छ, तर मैले किन भोट हाल्नु? किन म आफ्नो प्रतिनिधि पठाउनुरु फेरी पनि ठूला दल तथा त्यसका टाउकेहरुकै मिलेमतोमा देशको राजनीति नचल्ला भन्ने के ग्यारेन्टि छ? फेरी पनि हाम्रा प्रतिनिधिले जनताको पैसाले किनेको माइक नफुटाउला भन्ने के ग्यारेन्टि छ र कुर्सी नभाचला भन्ने के ग्यारेन्टि छ? हामीले जिताएर, हाम्रै तिरेको करबाट तलब लिएर हामी माथि नै अन्याय नगर्ला भन्ने के ग्यारेन्टि छ?
जनताको भोट लिएर, जनताले चूनेको प्रतिनिधिले नै जनतालाई दुःख दिएको घटना हामीले विगतमा देखिसक्यौ । फेरी पनि त्यहि नहोला भनेर म कसरी विश्वस्त हुन सक्छु । विभिन्न आरोपितहरु विभिन्न प्रलोभनमा पारेर चूनाव नजित्ला भन्ने कुरामा म कसरी विश्वस्त हुनसक्छु? र यो प्रश्नको जवापफ नपाईकन म कसरी भोट हाल्न सक्छु?


Comments

Sponsor Links

Random Posts

  • BSW-303 Integrated Social Work Practice
    09.11.2017 - 3 Comments
    BASW 2nd Year SyllabusBSW-303 Integrated Social Work Practice (100 marks)Course…
  • Social Welfare
    27.10.2018 - 2 Comments
     Social Welfare Ø  Well-being of the individual and community Ø  Everything that…
  • Portfolio
    06.12.2018 - 0 Comments
    ------------ Portfolio Subesh Raj Panta Child Rape in Nepal Domestic and sexual…
  • Social Work
    27.05.2014 - 0 Comments
    Social work is a profession as well as academic discipline which seek to improve quality of life of…
  • भ्रष्टाचार कसले?
    19.04.2014 - 0 Comments
    नेपालमा सानो पदभार ग्रहण गरेका तथा पदभार नभएका देखि लिएर ठूल–ठूला ओहदाको सरकारी तथा गैर–सरकारी कर्मचारीहरु,…

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link