1

बन्द कसको लागि?

नेपालमा विगत तीन बर्षको तथ्याङ्क हेर्ने हो भने करिब एक बर्ष भन्दा बढि दिन बन्दमै वितेको छ । कसैले आफ्नो हक अधिकारको लागि त कसैले सरकार परवर्तनको लागि त कसैले घरमा बुढिसँग झग्डा भयो भन्दै त कसैले आफूले मन पराएको मान्छेले आफूलाई मन पराएन भन्दै बन्दकै सहारा लियो । जे–जस्तो रुपमा बन्दको खेल चलेपनि त्यसमा नेता, मन्त्रि, प्रधानमन्त्रि तथा आन्दोलनरत पार्टीका ठूला भनाउँदा नेताहरुलाई कहिले पनि न त सास्ति नै बेहोर्नु प¥यो न त उनीहरु लाई त्यसले कुनै नोक्सानी नै ग¥यो । गाडी तोडफोड भए पनि कुनै रातो बत्ति बाल्नेहरुको गाडी कहिले पनि तोडफोड भएन् बरु सर्वसाधारणको मोटरसाईकल तथा गाडीहरु तोडफोड भए, ती हुनेखाने वर्गहरु जसले गरिब तथा सिमान्तकृत वर्गको पक्षमा वकालत गर्ने गरेका सर्वहारा भनाउँदा नेताहरुले तथा पार्टीहरुले दैनिक जसो बन्द हडताल गर्ने गर्दछ त्यसको मारमा सबै भन्दा बढि पिडित त्यहि गरिब वर्ग तथा सिमान्तकृत वर्गहरु नै पर्ने गर्दछ ।


नेपालमा जतिसुकै ठूला क्रान्ति, यूद्ध तथा आन्दोलनको मारमा ती ठूला भनाउँदाहरु कहिले पनि परेनन् बरु परे त ती निमुखा, साहारा विहिन गरिब तथा मध्यम वर्गियहरु । अहिले सम्म जति पनि बन्द, हडताल भए त्यसमा रातो बत्ति बल्ने गाडीहरुमा बस्ने ती टाउकेहर निर्वाध रुपमा आवत–जावत गरे तर जसको हक–हितको लागि लड्ने गरेको छ तीनीहरु नै सास्ति बेहोर्न बाध्य भए । यस्ता आन्दोलन तथा बन्दहरुमा कुनै पनि कार्यालयका उच्च पदमा रहेकाहरुलाई समेत केही हानी नोक्सानी भएन् किनकि उनीहरु नआए पनि तल्लो तहमा काम गर्नेहरु आउनै पर्ने हुन्छ र उसले काम गर्नै पर्ने हुन्छ । काम गरि छाक टार्नेहरुलाई पनि यसले सुख दिएको छैन् । स्कुल÷क्याम्पसमा लगानी गर्नेहरुलाई यसले केही राहत देला तर त्याहाँ पार्ट टाईम काम गर्ने कर्मचारी केही फाईदा हुदैन्, सेवा दिनेलाई यसले केही घाटा नगर्ला तर सेवा लिनुपर्नेलाई यसले अप्ठरोमा पार्छ नै, स्कुल तहका विद्यार्थीहरु छुट्टी भन्दै छनिक आनन्द लेला तर उनीहरु भविष्यमा गएर ती नेता तथा पार्टीहरुलाई अवश्य नै गाली गर्नेछ ।
बन्द÷हडताल मात्रले समस्याको समाधान कहिले पनि आउँदैन्, र यसरी जसको लागि आन्दोलन गरिएको छ, बन्द गरिएको छ त्यो नै यो बन्द÷हडतालमा सबै भन्दा बढि दुःख झेल्नुपर्ने भएकोले यस्ता बन्द÷हडताल बन्द गरौ, जनतालाई सुख र शान्तिले बाँच्न देऊ, आ–आफ्नो माग पुरा गराउनको लागि अन्य विकल्पको खोजी गरौ । यहि हो बन्द विरुद्धको हाम्रो आवाज ।

Comments

Sponsor Links

Random Posts

  • BSW-303 Integrated Social Work Practice
    09.11.2017 - 3 Comments
    BASW 2nd Year SyllabusBSW-303 Integrated Social Work Practice (100 marks)Course…
  • Non-Probability Sampling
    27.08.2014 - 0 Comments
    Non-Probability SamplingNon-Probability Sampling methods can be useful when descriptive comments about the…
  • COMMUNITY DEVELOPMENT IN NEPAL
    12.09.2020 - 0 Comments
     COMMUNITY DEVELOPMENT IN NEPAL Bikesh Yadav The Community: A community is a group of people, who…
  • Exploitation of Migrant Workers in GCC (Qatar) Breaking the Reticence by Aljazeera, AFP & Amnesty  Issues on Protecting Labor Rights
    27.04.2020 - 0 Comments
    Exploitation of Migrant Workers in GCC (Qatar) Breaking the Reticence by Aljazeera, AFP & Amnesty …
  • नेपाल सरकारद्धारा जनसंख्या नियन्त्रणको विशेष प्रयास (कोरोना)
    27.05.2020 - 0 Comments
    नेपाल सरकारद्धारा जनसंख्या नियन्त्रणको विशेष प्रयास (कोरोना)कम व्यक्तिमा परिक्षण गरे थोरै संख्या देखिने, धेरै…

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link