Posts

Showing posts with the label My View

1

देशमा राजनीति धेरै भयो अब बिकास गर

Image
कुनै समय हामीहरुकै अवश्थामा रहेको देशहरुले विकास कार्यमा यति धेरै ठुलो फड्को मारिसकेको छ कि हामी उनीहरुलाई भेटन् सक्ने अवश्था छैन् । हामीहरुको विकासको गति उनीहरुको विकासको गति भन्दा धेरै नै कम छ । स्रोत साधन नभएका देहशरु हामी भन्दा धेरै अगाडी बढिसकेको छ तर हामी सँग भएको स्रोत र साधनहरुको उचित प्रयोग ९सदुपयोग० गर्न नसकेकोले हामीले विकासमा निर्माणको काममा धेरै पछाडी परेका छौ । हाम्रै छिमेकी देश ९राष्ट्र० जुन विदेशी उपनिवेशमा रहेको भारत तथा दोस्रो विश्व युद्धमा न्युक्लियर बमको मारमा परेको जापानको तथा अन्य छिमेकी मुलुकहरुको आर्थिक बृद्धिदर विश्वको पहिलो दस स्थानमा आउने गरेको छ । तर हाम्रो देश जहाँ न त कहिले विदेशीले शाषण नै गर्न पाए, र न त हामी कुनै ठुलो युद्धको मार नै प¥यो तर पनि हामी हाम्रा छिमेकीहरु भन्दा हामी विकास दर तथा विकास कार्यमा धेरै नै पछि परेका छौ । किन तरु यि सबैको कारण भनेको हाम्रो देशले कुनै पनि विकासका दुरदर्शी नेता तथा शाषकलाई जन्म दिन सकेन् । कुनै पनि नेता तथा शाषक यस्ता थिएनन् जसले आफ्नो व्यक्तिगत स्वार्थ तथा आफ्ना व्यक्तिगत इच्छा आकांक्षा भन्दा देश तथा जनताको हक हितलाई

किन भोट हाल्नु?

Image
नेताहरुले भने नेपालमा राणाशासन भएकोले विकास भएन्, जनताले नेताहरुको कुरा स्विकार गरेर नेपाली जनताले राणा शासनलाई फाले, फेरी नेताले भने पञ्चायपति व्यवश्था होईन् प्रजातन्त्रले मात्र देशको विकास गर्न सकिन्छ फेरी पनि जनताले नेताहरुलाई मौका दिए र प्रजातन्त्र ल्याए, फेरी पनि नेपालमा विकास भएन् । अब नेताहरुले भने राजतन्त्र नै विकासको बाधक हो, हो कि भनेर नेपाली जनताले राजतन्त्र पनि फाले तर पनि नेपालको विकास सम्भव भएन् । भने अब नेपालमा विकासको बाधक को भन्दा खेरी राणाकाल पछि नेपालमा विकास नहुनुको मुख्य कारक भनेको नेपालमा धेरै पार्टी हुनु र स्वतन्त्र नेपाली भन्दा पनि बढि नेताहरु रहेको प्रष्टै देखिन्छ । नेपालीले विकासको चाहना राखेर विभिन्न सशस्त्र तथा निसशस्त्र आन्दोलनहरुमा धेरै नै सक्रिय भएर लागे र धेरै सहिद पनि भए । तर आज सम्म पनि कुनै पनि पद ती सहिदका परिवार तथा आफन्तले पाएनन् बरु जसको छोरा छोरी न त आन्दोलनमा सरिक भए, न त उसको कुनै आफन्त नै सहिद भयो, जसलाई कुनै समय पनि न त प्रहरीको लठ्ठि नै लाग्यो, न त कहिले घाईते नै भए तर आन्दोलन सफल भए पछि त्यसको फल खानमा सबै भन्दा अग्र पंक्तिमा ती नै भए । नेत

मूल्य बृद्धिको मारमा नेपाली जनता

Image
नेपालमा कारको मूल्यमा भएको बृद्धिले सम्पुर्ण नेपालीलाई असर नगर्ला, मोटरबाईकमा हुने बृद्धिले सम्पुर्ण नेपालीलाई असर नपार्ला, भ्रष्टाचार गरेकाहरुलाई मूल्य बृद्धिले असर नपार्ला, कुनै पनि संस्थाको उच्च तहमा बसेकालाई मूल्य बृद्धिले असर नपार्ला, मन्त्रि–प्रधानमन्त्रिको त कुरै नगरौ उनीहरुलाई महङ्गीको छायाले सम्म छुदैन् तर ती जसको आफ्नो कार किन्ने हैसियत छैन्, जसले आफ्नो छोराछोरीलाई मोटरबाईक किन्न सक्ने हैसियत छैन्, जसले भ्रष्टाचार गर्दैन्, जो कुनै संस्थाको तल्लो तह वा मध्यम तहमा काम गर्ने कर्मचारीलाई, तथा आफ्नो घरबाट टाढा, शिक्षा हासिल गर्न आएका, अरुको घरमा भाँडामा बसेकाहरुलाई यस्ता मूल्य बृद्धिले अवश्य नै असर गर्छ । पेट्रोल÷डिजेल÷मट्टितेलमा एक रुपिया मात्रै बढ्दा पनि अन्य उपभोग्य सामग्रीको मूल्यले त आकास नै छुन्छ । सरकारले विद्यार्थीको लागि छुटको कुरा गर्छ तर पसलेले छुट दिदैन्, पेट्रोलमा मूल्य बृद्धि हुनासाथ घरबेटीले भाँडा घटाउँदैनन् झन उनीहरुले घरको भाँडा बढाउने मौका पाउँछन्, गाडि भाँडा बढ्छ, तरकारीको भाउँ बढ्छ र यसको सम्पुर्ण मार विद्यार्थी तथा अरुको घरमा वहालमा वस्नेहरुलाई पर्छ । नेताहरुल

बन्द कसको लागि?

Image
नेपालमा विगत तीन बर्षको तथ्याङ्क हेर्ने हो भने करिब एक बर्ष भन्दा बढि दिन बन्दमै वितेको छ । कसैले आफ्नो हक अधिकारको लागि त कसैले सरकार परवर्तनको लागि त कसैले घरमा बुढिसँग झग्डा भयो भन्दै त कसैले आफूले मन पराएको मान्छेले आफूलाई मन पराएन भन्दै बन्दकै सहारा लियो । जे–जस्तो रुपमा बन्दको खेल चलेपनि त्यसमा नेता, मन्त्रि, प्रधानमन्त्रि तथा आन्दोलनरत पार्टीका ठूला भनाउँदा नेताहरुलाई कहिले पनि न त सास्ति नै बेहोर्नु प¥यो न त उनीहरु लाई त्यसले कुनै नोक्सानी नै ग¥यो । गाडी तोडफोड भए पनि कुनै रातो बत्ति बाल्नेहरुको गाडी कहिले पनि तोडफोड भएन् बरु सर्वसाधारणको मोटरसाईकल तथा गाडीहरु तोडफोड भए, ती हुनेखाने वर्गहरु जसले गरिब तथा सिमान्तकृत वर्गको पक्षमा वकालत गर्ने गरेका सर्वहारा भनाउँदा नेताहरुले तथा पार्टीहरुले दैनिक जसो बन्द हडताल गर्ने गर्दछ त्यसको मारमा सबै भन्दा बढि पिडित त्यहि गरिब वर्ग तथा सिमान्तकृत वर्गहरु नै पर्ने गर्दछ । नेपालमा जतिसुकै ठूला क्रान्ति, यूद्ध तथा आन्दोलनको मारमा ती ठूला भनाउँदाहरु कहिले पनि परेनन् बरु परे त ती निमुखा, साहारा विहिन गरिब तथा मध्यम वर्गियहरु । अहिले सम्म जति पनि

बन्दको खेल बहिष्कार गरौं

Image
 नेपालमा एउटा दरो खेलको सुरुवात भइसकेको छ । हामी नेपालीले त्यो खेल चाहे पनि नचाहे पनि हेर्नैपर्ने हुन्छ । कति साथी त्यो खेलको मारमा पर्नुहुन्छ भने कतिलाई रमाइलो लाग्न सक्छ । सक्दो यो खेल शनिबारको दिन हुने छैन । तर खेलाडीहरू उत्साहित भएमा शनिबार पनि हुन सक्नेछ । यो खेलको नाम हो, बन्दको खेल । धेरै दिनदेखि यो स्थगित खेलको सुरुवात वैद्यजीले सुरुवात गर्नुभयो र काठमाडौ बन्दबाट यो खेलको सुरुवात भइसकेको छ र केही जिल्लामा पनि यसले केही प्रभाव पारिरहेको छ । यो खेल केही दिन, हप्ता वा महिनामा हरेक जिल्लामा पुग्न सक्ने मेरो अनुमान छ । यो खेलका लागि स्कुलरकलेज जान मन नपराउने केही विद्यार्थी साथीहरूले पनि खुल्ला हृदयले स्वागत गरेका छन् भने आम नेपालीले यो खेलको विरुद्धमा खासै केही गर्नसकेका छैनन् । त्यतिकै पनि हाम्रो देशमा सार्वजनिक विदा धेरै हुन्छ र यस्ता बन्दका खेलले गर्दा देश विकासमा खासै टेवा नपुग्ने भए पनि यो खेलको विरुद्धमा कसैले बोल्न नसकेको अवस्था छ । त्यसैले साथीहरू यो खेल यदि रोकिएन भने यसका खेलाडीहरू बढ्ने सम्भावना धेरै रहेको हुँदा यो खेललाई बहिष्कार गरौं । सबैले आ(अनफ्नो काम गरौं । बन्दको

भ्रष्टाचार कसले?

Image
नेपालमा सानो पदभार ग्रहण गरेका तथा पदभार नभएका देखि लिएर ठूल–ठूला ओहदाको सरकारी तथा गैर–सरकारी कर्मचारीहरु, सरकारी कार्यालय तथा सरकारका विभिन्न निकायहरु हरेक क्षेत्रमा भ्रष्टाचार हुने गरेको कुरा बिभिन्न अध्ययन÷अनुसन्भानले देखाएको छ । कुनै ठाउँमा कम भ्रष्टाचार हुन्छ भने कुनैमा बढि भ्रष्टाचार हुन्छ तर भ्रष्टाचार हरेक क्षेत्रमा हुने गरेको छ । झन नेपालमा स्थानिय विकास कार्यमा हुने भ्रष्टाचारले गर्दा पुरै नेपाली नै आक्रान्त भएको छ । यस आक्रान्त गतिविधिलाइृ केही हदसम्म बाबुराम भट्टराईको भ्रष्टाचार बिरुद्धको शुन्य सहनशिलताको ध्येयलाई कार्यान्वयनमा ल्याउनको लागि नारायणकाजी श्रेष्ठले केही दिन मधेश केन्द्रित जिल्ला दौडाहामा लाग्नुभयो । त्यो कदमले अब भ्रष्टाचार कम हुनेमा धेरै जनता आशावादी रहेको थिए तर मधेशको जिल्ला घुमेर तथा केही गैर माओवादी तथा केही मधेशी कर्मचारीहरुलाई कारवाही गरेर नारायणकाजी थाक्नुभयो कि क्या हो वा उहाँले मधेशमा मात्रै भ्रष्टाचार हुन्छ भनेर हो कि क्यो हो वा उहाँको अनुसार अब भ्रष्टाचार निर्मूल भईसक्यो भनेर होला अब उहाँ आफै सोझो औलाले नभई औला बाँङ्गो पारेर आफै आफ्नो कार्यकर्ताला

बलात्कारीलाई मृत्यू–दण्ड दिईयोस्

Image
बलात्कारको एउटा घटना सेलाउन नपाउदै अर्काे बलात्कारको घटना बाहिर आउने गर्छ । नेपालमा मात्र होईन कि नेपाल बाहिरका छिमेकी मूलूकहरुमा समेत बलात्कारका घटनाहरु भईरहेको समाचार हामीहरु दैनिक जसो कुनै न कुनै सञ्चार माध्यमबाट सुनिरहेका, पढिरहेका छौ । नेपालमा बलात्कारका घट्नाहरु किन बढिरहेको छ त र नेपालमा आएको लोकतन्त्र पछि तथा बिभिन्न जघन्य अपराधिहरुलाई दिइने आम माफिको कारणले गर्दा तथा जस्तो सुकै अपराध गरेपनि अपराधिको जीवन सुरक्षित नै रह्ने हुनाले बलात्कारी मात्रै होईन कि जस्तो सुकै अपराधिलाई अपराध गर्नको लागि डराउदैनन् । झन २०६२÷६३ को आन्दोलनको सफलता पछि अपराधिहरुलाई बिभिन्न नेता तथा पार्टीहरुले दिएको संरक्षणले पनि त्यस्ता कुकर्मी तथा अपराधिहरु हौसिने गरेको छ । दोस्रो जनआन्दोलन पछि आएको लोकतन्त्रको सबैले आ–आफ्नै किसिमले तथा गलत किसिमले व्याख्या गरेकै कारणले आज हामी दैनिक जसो बलात्कार लगायत बिभिन्न अपराधिक समाचारहरु सुन्नु÷पढ्नु÷देख्नु परेको छ । हाम्रै छिमेकी मूलुकमा बलात्कारीलाई मृत्यू दण्ड दिनुपर्ने जनताको मागलाई समर्थन गर्दै बिपक्षि दलसमेतले सहयोग गरेकोमा हाम्रा नेताहरु भने सत्ताको लागि आन्दो

मधेशी नेता र मधेशका मुद्दा

Image
माओवादी जनयुद्धकालमा माओवादीले नेपालको पिछडिएका तथा सिमान्तकृत वर्ग तथा मधेशको हक–अधिकारको मुद्धाहरुलाई अगाडी ल्याएर नेपाली जनता तथा मधेशी जनताको मन जित्न सफल भएको थियो । माओवादीले उठाएको मुद्दाहरुलाई माओवादी स्वंमले आत्मसात गर्न असमर्थ भएको र संघियताको मुद्दालाई अन्तरिम संबिधानमा ठाउँ नदिएकै कारणले मधेशका जनता स्वतःस्पूmर्त अन्तरिम संबिधान जलाउनुको साथै मधेश बिद्रोहको सुरुवात गरे र त्यसलाई मधेशी जनअधिकार फेरमले नेतृत्व गरे । मधेशी जनताको त्यस आन्दोलनमा भएको सक्रिय संलग्नता र मधेशमा बलेको आगो निभ्ने लक्षण नदेखे पछि तत्कालिन प्रधानमन्त्रिन्यूले अन्तरिम संबिधानमा संघियता सुनिश्चित ग¥यो र त्यही आन्दोलनको फलस्वरुप मधेशी जनअधिकार फोरम नेपालको चौथौ ठूलो पार्टीको रुपमा स्थापित भयो । पहिलो सरकारको अवशान पछिको हरेक सरकारमा मधेशी पार्टीहरुले आ–आफ्नो स्वार्थ तथा सत्ताको लागि मधेशी जनताको इच्छा–आकांक्षालाई बुझेर पनि नबुझेजस्तो गरेर आफै फुट्न थाले । मधेशको हक–हितलाई ध्यान दिनुपर्ने तथा मधेशको मुद्दाहरुलाई सम्बोधन गराउनको लागि मधेशका सबै नेता एक भएर लाग्नुपर्ने बेलामा आ–आफैमा अविश्वासको संकट पैदा गर

बढ्याे बलात्कार तर पनि माैन छ सरकार

Image
बलात्कारका घटना दिनै पिच्छे बढिरहेको अवश्थामा पनि सरकार मौन रहनुले झनै यस्ता कार्यलाई बढावा दिएसरह भइरहेको छ । यदि कानुनलाई अझ मजबुत बनाउन सकिएन र त्यसलाई कार्यान्वयनमा ल्याउन सकिएन भने भविष्यमा यस्ता घटना नदोहोरिएला भन्न सकिन्न । छिमेकी मूलूकहरुमा वालात्कारीहरुलाई मृत्यु–दण्डको तथा नपुंसक बनाइनु पर्ने माग गरिरहेको बेला हाम्रो नेपालमा यस्ता घटनालाई महत्व दिन नसकेको अवश्था छ । राजनीतिक अस्थिरताले पनि यस्ता मुद्दाहरुलाई ओझेलमा पारिरहेको छ । राजनीतिक खिचातानीमा ब्यस्त सरकार तथा बिपक्षी कसैले पनि यस्ता घट्नालाई महत्व दिइरहेको छैन् । झन यसतर्फ महिला अधिकारकर्मीहरु पनि किन त्यति सक्रिय हुनसकेको छैन् त्यो बुझि नसक्नु छ । छिमेकी मूलूकमा महिला अधिकार कर्मी तथा सर्वसाधारण जनता स्वतः स्फुर्त रुपमा बलात्कारको पिडकलाई मृत्यू दण्ड तथा नपुंसक बनाउनु पर्ने माग गर्दै सरकारलाई दबाब दिइरहेको बेला हामी अझै छतिपुर्तिको मागमै अल्झेको छौ, के क्षतिपुर्तिले ती बलात्कृत महिलाको आत्मबिश्वास बढाउन सक्छ, के क्षतिपुर्तीले बलात्कारका घटनाहरुलाई रोक्न सक्छ रु अवश्य सक्दैन् । क्षतिपुर्तीले गर्दा पैसा हुनेले बलात्कार ग

Sponsor Links

Random Posts

Advertisements

Sponsor Link