1

बलात्कारीलाई मृत्यू–दण्ड दिईयोस्


बलात्कारको एउटा घटना सेलाउन नपाउदै अर्काे बलात्कारको घटना बाहिर आउने गर्छ । नेपालमा मात्र होईन कि नेपाल बाहिरका छिमेकी मूलूकहरुमा समेत बलात्कारका घटनाहरु भईरहेको समाचार हामीहरु दैनिक जसो कुनै न कुनै सञ्चार माध्यमबाट सुनिरहेका, पढिरहेका छौ । नेपालमा बलात्कारका घट्नाहरु किन बढिरहेको छ त र
नेपालमा आएको लोकतन्त्र पछि तथा बिभिन्न जघन्य अपराधिहरुलाई दिइने आम माफिको कारणले गर्दा तथा जस्तो सुकै अपराध गरेपनि अपराधिको जीवन सुरक्षित नै रह्ने हुनाले बलात्कारी मात्रै होईन कि जस्तो सुकै अपराधिलाई अपराध गर्नको लागि डराउदैनन् । झन २०६२÷६३ को आन्दोलनको सफलता पछि अपराधिहरुलाई बिभिन्न नेता तथा पार्टीहरुले दिएको संरक्षणले पनि त्यस्ता कुकर्मी तथा अपराधिहरु हौसिने गरेको छ । दोस्रो जनआन्दोलन पछि आएको लोकतन्त्रको सबैले आ–आफ्नै किसिमले तथा गलत किसिमले व्याख्या गरेकै कारणले आज हामी दैनिक जसो बलात्कार लगायत बिभिन्न अपराधिक समाचारहरु सुन्नु÷पढ्नु÷देख्नु परेको छ ।
हाम्रै छिमेकी मूलुकमा बलात्कारीलाई मृत्यू दण्ड दिनुपर्ने जनताको मागलाई समर्थन गर्दै बिपक्षि दलसमेतले सहयोग गरेकोमा हाम्रा नेताहरु भने सत्ताको लागि आन्दोलन गर्ने तर यस्ता खालको अपराधहरुलाई महत्व दिन नसकेको तथा सत्ताको लागि मात्रै एक–अर्का माथि आरोप–प्रत्यारोप गर्ने तथा नेताहरु देशमा बढ्दै गएको यस्ता बिकृतीहरु प्रति मौन रहेकोले पनि कुनै पनि नेताहरु जनताको हक हितको लागि होईन कि व्यक्तिगत महत्वकांक्षा तथा स्वार्थमा लिप्त भएको कुरा प्रष्ट हुन्छ ।
त्यसतै सत्तासिन नेताहरु पनि यस्ता गतिविधि प्रति मौन रहेको छ उनीहरुले पिडकलाई कारवाही गर्ने आश्वासन मात्रै बाँडने गरेको तर त्यस्ता दोषिहरुलाई कडा भन्दा कडा कारवाही गरिनुको साटो उनीहरु नै यस्ता मुद्दा तथा कार्यलाई दबाउनको लागि पिडित पक्षलाई दबाब दिने तथा बिभिन्न प्रलोभन दिने गरेको छ ।
त्यसतै बिभिन्न एनजीओ तथा अधिकारवादी संघ–संस्थाहरुले पनि यस्ता घटनाहरुलाई रिपोर्ट बनाउनमा मात्रै सिमित हुने गरेको तथा प्रभावहिन दबाब मूलक कार्यक्रमहरु मात्र गर्ने गरेकोले यस्ता घटनाहरु झन झनै दिन प्रतिदिन बढ्दै गएको छ । छिकेकी मूलूकमा जस्तो यस्ता घटनाहरु बिरुद्ध सशक्त आन्दोलनको कमि रहेको तथा बन्द–हडताल बिना यस्ता कुरा नसुन्ने सरकार बिरुद्ध यो मुद्दाहरुको लागि यदि बन्द हडताल पनि गरियो भने जनताले त्यो आन्दोलनलाई अवश्य नै साथ दिनेछ ।
त्यसतै यस्ता बलात्कार, हत्या तथा भ्रष्टाचारमा संलगनलाई जेल सजाय तथा क्षतिपुर्ती होईन कि त्यस्ता कुकर्म गर्ने दोषिहरुलाई नियम कानून संशोधन गरेर मृत्यू–दण्डको सजाय दिनुपर्छ अनि मात्रै यस्ता गतिविधिलाई नियञ्त्रण गर्न सकिन्छ ।

अपराधिलाई मृत्यूदण्ड दिईयोस् भन्ने मुख्य मागको साथ 

Comments

Sponsor Links

Random Posts

  • Meaning of community Organization
    04.05.2014 - 0 Comments
    Community organizationIn social work profession there are three basic methods of working with people…
  • नेपाल सरकारद्धारा जनसंख्या नियन्त्रणको विशेष प्रयास (कोरोना)
    27.05.2020 - 0 Comments
    नेपाल सरकारद्धारा जनसंख्या नियन्त्रणको विशेष प्रयास (कोरोना)कम व्यक्तिमा परिक्षण गरे थोरै संख्या देखिने, धेरै…
  • What is Social Work?
    12.09.2020 - 0 Comments
     What is Social Work? Social work is a field of study in social sciences. It concerned with study of…
  • Portfolio
    06.12.2018 - 0 Comments
    ------------ Portfolio Subesh Raj Panta Child Rape in Nepal Domestic and sexual…
  • Recording in Social Work
    24.06.2018 - 0 Comments
    "If you didn't write it down, it didn't happen." The statement shows the power of documentation or…

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link