भ्रष्टाचार कसले?
नेपालमा सानो पदभार ग्रहण गरेका तथा पदभार नभएका देखि लिएर ठूल–ठूला ओहदाको सरकारी तथा गैर–सरकारी कर्मचारीहरु, सरकारी कार्यालय तथा सरकारका विभिन्न निकायहरु हरेक क्षेत्रमा भ्रष्टाचार हुने गरेको कुरा बिभिन्न अध्ययन÷अनुसन्भानले देखाएको छ । कुनै ठाउँमा कम भ्रष्टाचार हुन्छ भने कुनैमा बढि भ्रष्टाचार हुन्छ तर भ्रष्टाचार हरेक क्षेत्रमा हुने गरेको छ ।
झन नेपालमा स्थानिय विकास कार्यमा हुने भ्रष्टाचारले गर्दा पुरै नेपाली नै आक्रान्त भएको छ । यस आक्रान्त गतिविधिलाइृ केही हदसम्म बाबुराम भट्टराईको भ्रष्टाचार बिरुद्धको शुन्य सहनशिलताको ध्येयलाई कार्यान्वयनमा ल्याउनको लागि नारायणकाजी श्रेष्ठले केही दिन मधेश केन्द्रित जिल्ला दौडाहामा लाग्नुभयो । त्यो कदमले अब भ्रष्टाचार कम हुनेमा धेरै जनता आशावादी रहेको थिए तर मधेशको जिल्ला घुमेर तथा केही गैर माओवादी तथा केही मधेशी कर्मचारीहरुलाई कारवाही गरेर नारायणकाजी थाक्नुभयो कि क्या हो वा उहाँले मधेशमा मात्रै भ्रष्टाचार हुन्छ भनेर हो कि क्यो हो वा उहाँको अनुसार अब भ्रष्टाचार निर्मूल भईसक्यो भनेर होला अब उहाँ आफै सोझो औलाले नभई औला बाँङ्गो पारेर आफै आफ्नो कार्यकर्तालाई रकम बाँडेर भ्रष्टाचारलाई बढावा दिन खोजिरहनु भएको छ । र त्यो कार्यलाई सफल कार्नको लागि उहाँले अधिकाँस योजनामा आफ्नो कार्यकर्ताको प्रभाव हुने तथा बाहुल्य रहेकोलाई लक्षित गर्दै बजेट निकासा गर्नुभयो ।
झन बजेट अभावको कारण देखाउदै स्थानिय निकायको अनुदानमा कटौति गर्नुको प्रमुख कारण त्यो रकमले आफ्नो पार्टी कार्यकर्ता तथा अगामी निर्वाचनमा आफ्नो पकड बनाएर चूनाव जित्ने हुनुपर्छ । नत्र जनताले पाउँनुपर्ने सूचनाको हकमा रोक लगाएर तथा स्वायत शासनको मर्म अनुसार गाउँ तहमा भेला गरि जनताको चाहना अनुसार योजना छनोट गर्नुपर्नेमा राजनीतिक आँडमा किन विकास कार्य गर्नुपर्नेथ्यो जुन कुरालाई सरोकारवालाहरुले समेत यसले अनियमिततालाई मात्रै मद्दत गर्छ भनेर प्रष्ट रुपमा भनिसकेको छ । नारायण काजीको यस क्रियाक्लापले जनताको लागि नभई पार्टी बिकासको लागि रकमको दुरुपयोग गरिरहेको कुरा प्रष्टै भईसकेको छ ।
आचि सोहोर्ने कर्मचारी खाजि (कान्तिपुर, २०६९, भदौ ३०) समाचारमा नारायण काजीले तराईका जिल्लामा बढ्को आचि सोहोर्ने कर्मचारीको खाजिमा छु भन्ने कुराले पनि त्याहाँको कार्यरत सिडिओ, एलडिओ कोहि पनि दोषिमुक्त छैनन् भन्ने कुरा प्रष्ट हुदाँ हुदै पनि किन त्याहाँको सिडिओ एलडिओ लाई कारवाही गर्न सकेन् त? जिविसको काम रकम वितरण गर्नु मात्र होईन कि त्यो रकमको कति सम्म सदुपयोग तथा दुरुपयोग भईरहेको छ भन्ने कुराको जानकारी लिनु पनि हो । मधेशमा भ्रष्टाचार देख्ने तर मधेशको सिडिओ. एलडिओले भ्रष्टाचार गरेको नदेख्ने नारायण काजीजी आफै पनि यसबाट दोषमुक्त छैनन् भन्ने शंका पनि बढ्दै गईरहेका छ ।
नेपालमा औषतमा ५० प्रतिशत भ्रष्टाचार हुने बिभिन्न अध्ययहरुले देखाएको छ तर मधेशमा तथा हिमालमा अधिकतम ९० प्रतिशत तथा कम्तिमा ६० प्रतिशत भ्रष्टाचार हुने गरेको कुरा देखाएको छ । जबकि पहाडी क्षेत्रमा पनि कम्तिमा २५ र अधिकतममा ६० प्रतिशत भ्रष्टाचार हुने गरेको छ । तर नारायणकाजी श्रेष्ठको भ्रमण मधेश केन्द्रित मात्र किन भयो? र त्याहाँ पनि तल्लो तथा गैर माओवादी तथा मधेशी मूलका र्कचारीहरु मात्रै पर्नको कारण के हो यो आफैमा एउटा शंकास्पद कुरा हो ।
भ्रष्टाचार गर्नुमा कुनै एउटा मान्छे तथा कर्मचारी मात्रै दोषि हुदैनन् । तराईमा भ्रष्टाचार हुनुमा त्याहाँ कार्यरत पिउन देखि त्यहाँको ठूलो ओहदाको सिडिओ, एलडिओ लगायतको संलगनता रहेको र यो एउटा माफिया सञ्जालको रुपमा रहेको तराई स्थित बिभिन्न नेता, पत्रकार तथा बुद्धिजिनिहरु भनाई रहेको छ ।
त्यसतै यदि गाविस सचिव तथा सरकारी कर्मचारीहरुको भनाईलाई सापटि लिने हो भने भ्रष्टाचार हुनुमा मुख्य दोषि स्थानिय नेताहरु हुने गरेको छ । स्थानिय नेताको मिलेमतो बेगर स्थानिय स्तरमा कुनै पनि भ्रष्टाचार हुन नसक्नेत तथा नेताहरुले सचिव तथा अन्य सरकारी कर्मचारीहरु सँग चन्दा माग्नुको अर्थ तिमीहरु भ्रष्टाचार गर तर त्यसको केही हिस्सा हामीहरुलाई नि देउ भन्नु हो नत्र सचिवहरुले कसरी राजनिितक दलहरुलाई त्यति रकम दिन सक्छन् ।
त्यसतै बिकासको रकम पार्टीगत तथा ओहदावालाहरुको मिलेमतोमा कमसल बिकास गरि अरु रकम बाँडफाँड गर्ने गरेका कुराहरु पनि स्वम् केही सचिवहरुले भनेको कुरा अध्ययनहरले देखाएको छ । जस्तै हामीले आफ्नै वरिपरि हेर्ने गर्छाै कि प्राय जसो ग्रामिण विकास कार्य असार महिनामा तिब्र गतिमा हुने गर्दछ र त्यो विकास कार्य पुरा नहुदै पुनः बर्षाको कारणले जस्ताको त्यस्तै हुने गर्दछ ।
यस्ता भ्रष्टाचारको कुराहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि मौन रहनु तथा बर्षैदेखि स्थानिय निकायमा जनप्रतिनिधि विहिनताले यसलाई मद्दत गरिरहेको छ । यसैले भ्रष्टाचारलाई पुर्ण रुपमा उखेल्न नसके नि यसलाई न्यूनिकरण गर्नको लागि यस्ता कुराको अनुसन्भान गर्न स्थानिय स्तरमै निर्दलिय तथा निष्पक्ष संस्थाको गठन तथा निष्पक्ष अनुगमन गरिनु पर्छ । चाहे एक प्रतिशत होस वा सय प्रतिशत भ्रष्टाचार भनेको भ्रष्टाचार नै हो, त्यसैले सबैलाई सजायको भागि हुनुपर्छ र यस्तालाई कडा भन्दा कडा कारवाही गरिनुपर्छ ।
अमित कुमार यादव

Comments
Post a Comment