1

मधेशी नेता र मधेशका मुद्दा

माओवादी जनयुद्धकालमा माओवादीले नेपालको पिछडिएका तथा सिमान्तकृत वर्ग तथा मधेशको हक–अधिकारको मुद्धाहरुलाई अगाडी ल्याएर नेपाली जनता तथा मधेशी जनताको मन जित्न सफल भएको थियो । माओवादीले उठाएको मुद्दाहरुलाई माओवादी स्वंमले आत्मसात गर्न असमर्थ भएको र संघियताको मुद्दालाई अन्तरिम संबिधानमा ठाउँ नदिएकै कारणले मधेशका जनता स्वतःस्पूmर्त अन्तरिम संबिधान जलाउनुको साथै मधेश बिद्रोहको सुरुवात गरे र त्यसलाई मधेशी जनअधिकार फेरमले नेतृत्व गरे ।
मधेशी जनताको त्यस आन्दोलनमा भएको सक्रिय संलग्नता र मधेशमा बलेको आगो निभ्ने लक्षण नदेखे पछि तत्कालिन प्रधानमन्त्रिन्यूले अन्तरिम संबिधानमा संघियता सुनिश्चित ग¥यो र त्यही आन्दोलनको फलस्वरुप मधेशी जनअधिकार फोरम नेपालको चौथौ ठूलो पार्टीको रुपमा स्थापित भयो ।
पहिलो सरकारको अवशान पछिको हरेक सरकारमा मधेशी पार्टीहरुले आ–आफ्नो स्वार्थ तथा सत्ताको लागि मधेशी जनताको इच्छा–आकांक्षालाई बुझेर पनि नबुझेजस्तो गरेर आफै फुट्न थाले । मधेशको हक–हितलाई ध्यान दिनुपर्ने तथा मधेशको मुद्दाहरुलाई सम्बोधन गराउनको लागि मधेशका सबै नेता एक भएर लाग्नुपर्ने बेलामा आ–आफैमा अविश्वासको संकट पैदा गरेर मधेशी जनताको विश्वासलाई ठेस पु¥याउनुको साथै मधेशको मुद्दालाई नै ओझेलमा पार्ने कार्य ग¥यो ।
हरेक पल्टको सरकार परिवर्तन सँगै मधेशी पार्टी फुट्नु तथा हरेक सरकारसँग बिभिन्न बुद्धे सहमति गर्नु र सरकारमा गइसकेपछि सहमति गराउने र गर्ने दुवैले त्यो मुद्दालाई बिर्सनुले मधेशी जनता निराश तथा मधेशी नेताहरु प्रति क्रोधित भएका छन् । एउटा सरकार खस्ने बित्तिकै मधेशवादी पार्टीहरु मन्त्रिको जागिर खानकै लागि पार्टी फुटाएर नाम मात्रको बुँद्धे सहमति गरेर कहिल्यै पनि न त त्यो बँुद्धाको लागि आवाज उठाए न त त्यो बुद्धाको लागि खासै कार्य नै गर्न सके ।
सरकारमा हुदाँको समय भन्दा सरकार बाहिर बसेको बेला सरकार बाहिर बसेको नेताहरु तथा पार्टीहरुले आवाज उठाउने गर्दथे तर त्यो नेता अथवा पार्टी पनि सरकारमा गइसकेपछि ती मुद्दालाई बिर्सन्थे ।

अब फेरी बिभिन्न नेताहरुको मुखबाट मधेशको मुद्दाहरु सुनिदै छ । सरकार परिवर्तन हुन्छ भन्ने आशमा बिभिन्न नेताहरुले मधेशको मुद्दाहरुलाई ठूल–ठूलो स्वरमा मधेश सम्बन्धि स्पस्ट धारणाको माग गर्दै छन् । मधेशको जनताको हक–अधिकारको कुराहरु गर्दै छन् । तर ती सबै कुराहरु क्षणिक हुन, दाबि गर्नेले त्यो मुद्दामा धेरै दिन सम्म अडिग हुन सक्ने छैनन् । किनकि बिगत ५ बर्षमा अडिग हुन नसकेको मुद्दामा अब अडिग होला भनेर बिश्वास गर्नु नै बेकार हो । 

Comments

Sponsor Links

Random Posts

  • Relevance of Community Organisation for Community Development
    25.05.2013 - 0 Comments
    Community organisation and community development are interrelated. Community organization methods used To…
  • मूल्य बृद्धिको मारमा नेपाली जनता
    19.04.2014 - 0 Comments
    नेपालमा कारको मूल्यमा भएको बृद्धिले सम्पुर्ण नेपालीलाई असर नगर्ला, मोटरबाईकमा हुने बृद्धिले सम्पुर्ण…
  • Community Organisation is one of the primary methods of social work
    25.05.2013 - 0 Comments
    Image taken from www.google.comCommunity Organisation is one of the primary methods of social work. It deals…
  • OPPORTUNITIES AND CHALLENGES OF SOCIAL WORK LEARNERS IN NEPAL- Introduction
    03.12.2015 - 0 Comments
  • Why not ME "Must Watch Video"
    09.10.2014 - 0 Comments
    I really do not know the source of the video but it is inspire able. i request each and everyone please watch…

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link