चतुर सरकार, मुर्ख जनता
जसरी पहिले पहिले पेट्रोल, ग्यास आदिको मूल्य बढाउनु भन्दा पहिले नै सरकारले २ गुणा थपेर बढाउथ्ययो, त्यस पछि सधैझै विद्यार्थी संघहरुले आन्दोलन गर्थे, त्यसपछि सरकारले आधा घटाउथ्यो । पछि आन्दोलन सफल भयो भनि विद्यार्थी नेता नि खुसी र मूल्य बढाउन पाइयो भनि व्यवसायी र सत्ता च्यापेर बसेका नेता नी खुसी । यसरी चतुर सरकारले जनतालाई सधै नै मुर्ख बनाइ नै रहयो र यो परम्परा बहुमतको सरकारले पनि निरन्तरता दियो ? यसको सम्बन्धको बारेमा हामी पछि कुरा गर्छाै ।
पहिला कुरा गरौ कारोना भाइरसको । कोरोना कहर, दुइमहिना भन्दा लामो लकडाउन, जनजिवन पुरै ठप्प, सानो देखि ठूलो सम्पुर्ण व्यापारीको व्यापार ठप्प ।
सरकारले व्यापारीलाई राहत देला भन्ने आसमा लकडाउनको पालना तर सरकारले बजेट भाषण पछि साना–ठूला सम्पुर्ण व्यवसायिलाई ठूलो झटका लागेको छ । व्यवसायिहरुलाई एकातर्फ सरकारले पिडित बनाएको छ भने अर्काे तर्फ बैंक तथा सहकारी संस्थाहरुले । लगभग दुई महिना लामो बन्दले न त व्यवसाय चलेको छ, न त कुनै आम्दानी भएको छ । कर र व्याज कहाँबाट तिर्ने ? झन राहतको नाममा बैंकले ३ प्रतिशत व्याज छुट दिने भनेको छ, त्यो पनि अहिले दियो भने । जब व्यवसायिले आम्दानी गर्न सकेकै छैन् भने बिचराहरुले व्याज कहाँबाट तिर्छ?
झन त्यसमाथि आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद थप (असार ७ सम्म) गरेको सूचना सामाजिक संजालमा खुसि साथ सेयर गरिराछन् । तर यो सरकार यति चतुर छ कि सरकारलाई थाहा छ कि हामी जनता कति मुर्ख छौ । जब यो कोरोना महामारीले गर्दा सक्दो एकअर्कासँग टाढा बस्नुपर्ने अवश्थामा सरकारले जनसंख्या कम गर्ने निश्चित योजना बनाईसकेको छ । त्यस्तै विभिन्न देशहरुले आफ्ना जनता तथा व्यवशायिको लागि विभिन्न अनुदान तथा राहत कार्यक्रम ल्याईरहेको अवश्थामा नेपालमा चाही व्यवसायिहरुलाई धरायसी बनाउने काम भइरहेको छ ।
अब यो चाही निश्चित छ कि, सरकारले लकडाउन निरन्तर गर्न खोजेपनि अब जनताले यसलाई उल्लंघन गर्नेछ र सामानहरुको मूल्य बृद्धि हुन्छ नै । जसको असर सर्वसाधारणलाई पर्ने निश्चित छ ।
कुकुर भुक्दै गर्छ हात्ती हिड्दै गर्छ भनेझै कोरोना महामारीलाई नेताहरुले एक अवसरको रुपमा लिएको छ । जसले जति सक्यो त्यति कमाउने र अरु चाही भुक्दै गर्ने । अब बाँकी छ त केवल एक राष्ट्रवादी नारा जसले गर्दा यि सबै विषयलाई शान्त पार्न सकियोस् ।
अन्तमा, यदि देशको जनतामा कोरोनाको डर छ भने नेताहरु पनि यसबाट अछुत छैनन् । किनकि कोरोनाले साधारण जनता वा नेता नजिकको जनता, बुद्धिजिवी वा बुद्धुजिवी, सरकारी कर्मचारी वा गैर–सरकारी कर्मचारी, मञ्त्रि वा प्रधानमञ्त्रि, दक्ष जनशक्ति वा अदक्ष जनशक्ति केही हेर्दैन् । यसको नजरमा न त कोही ठूलो न त कोही सानो, के बच्चा के जवान के बुढो, केही हेर्दैन् । र यो गुण उसको सबै भन्दा राम्रो गुण हो ।
Comments
Post a Comment