आन्दोलन र बन्द
आन्दोलन र बन्द
नेपालमा धेरै आन्दोलन भए र सबै आन्दोलनमा जनताले आन्दोलनको नेतृत्वकर्तालाई भरपुर साथ र सहयोग दिए । त्यहि सहयोग र साथको कारणले साना आन्दोलन ठुला हुन पुगे र निरङकुश शाषक साम्य भई सत्ता हस्तान्तरण गर्न बाध्य भए । राणा विरुद्यको आन्दोलन होस् वा प्रजातन्त्रको लागि आन्दोलन होस् वा राजतन्त्र विरुद्यको आन्दोलन होस् वा मधेश आन्दोलन होस् सबै आन्दोलनको मुख्य कारण भनेको जनताको उल्लेख्य सक्रियता हो । जनताको सक्रिय सहभागिताले नै यि सबै आन्दोलन सफल भयो । तर नेपाली जनताले कहिल्यै पनि न त शान्ति नै पाए न त कुनै तन्त्र महशुश गर्न नै पाए न त त्यसको फाईदा जनताले पाए । जनता नेताको तथा केही सिमित व्यक्तिको स्वार्थ पुरा गर्ने माध्यम मात्रै भए । काम गर्ने कालु मकै खाने भालु भने झै ज्यानको बाजी लाए जनताले, शहिद बने जनता तर त्यसको फाईदा पाए दलहरु तथा केही भनाँउदा नेताहरुलाई । झन २०६२÷६३ को आन्दोलन पश्चात जनताको नाममा पार्टीगत तथा व्यक्तिगत स्वार्थ पुरा गर्ने विकृतीको असर नरामै्रसँग देखियो ।
आन्दोलन के का लागि ?
जनतालाई सोध्नुस् उत्तर आउँछ नेताको लागि र नेताहरुलाई सोध्नुस जवाफ आउँछ जनताको लागि । तर साच्चिकै आन्दोलन हो कसको लागि? आन्दोलन जनताका लागि त हुदै होईन् । जनताको लागि आन्दोलन भएको भए जनता स्वतः स्फुर्त रुपमा आउथे भाँडाका कार्यकर्ता बोलाउनु पर्दैन्थ्यो, आक्रामक भएर जनताकै विरुद्य भइरहेको यो बन्दले जनतालाई सहयोग गर्दैन् बरु आन्दोलनकारी, बन्दकर्ता तथा राजनीति प्रति नाकारात्मक सन्देश जान्छ । जसको एक उदाहरण हो एनेकपा माओवादी जसले विभिन्न वहानामा वन्द गर्थे तर जब जनताले उसको साथ छोडे र उसकै विरुद्यमा हामिए । अब एनेकपा माओवादीले बन्द गर्नुपुर्व दश पल्ट सोच्नु पर्ने अवश्था आईसकेको छ ।
के आन्दोलन भनेको बन्द हो?
बन्द कुनै पनि आन्दोलनको अन्तिम विकल्प हो जसलाई स्वार्थी नेता तथा पार्टीहरुले आफ्नो स्वार्थ पुरा गर्नको लागि पहिलो विकल्पको रुपमा लिने गरेको छ । अहिलेका जुन बन्दहरु भइरहेका छन् त्यो आफ्नो स्वार्थ पुर्तिका लागि जनताको नाममा जनतालाई दुख दिने काम मात्रै हो । बन्दले जनताले मात्रै दुख पाउँछ ।
नेपालमा अहिले करिब आधा जनसँख्या गरिवीको रेखा मुनी रहेको छ जसले आफ्नो दुई छाक खानको लागि दैनिक माक गर्ने पर्ने अवश्था छ । तर आन्दोलनकारी तथा बन्दकत्र्ताले कहिल्यै पनि उनीहरुको बारेमा सोच्दैनन् । आफ्ना स्वार्थ पुरा गर्न यति आतुर छन् कि अरुको आधारभुत आवश्यक्ताको ख्याल नै गर्दैनन् ।
बन्दले कसलाई फाईदा?
साच्चिकै भन्ने हो भने बन्दले कसैलाई फाईदा गर्दैनन् । सर्वसाधारण जनता सधै नै बन्दको मारमा परेका हुन्छन् । मञ्त्रि, प्रधानमञ्त्रि, बन्दकर्ता नेताहरुको गाडीलाई कसैले छुने साहस गर्दैनन् बरु सर्वसाधारण जनताको गाडी, पसल, आदिहरुमा क्षति पु¥याउँछन् । ज्यान जानेमा तथा घाईते हुनेमा ठुला नेता कहिल्यै हुदैनन् हुन्छन त बरु तल्लो तहका कार्यकत्र्ता , सर्वसाधारण जनता र आफ्नो कर्म गरिरहेका प्रहरी जवानहरु जसले कहिल्यै पनि मेवाको स्वाद पाउदैनन् ।
बन्दको विकल्प के?
बन्द कुनै पनि समस्याको समाधानको पहिलो विकल्पको रुपमा लिनुहुदैन् । आन्दोलदनको मर्म र आवशयक्ता जनताको बुझाउनुस् । जनतालाई आफ्नो पक्षमा पार्नुस् । जनतासँग राय विचार लिनुस् । बकालत गर्नुस्, शान्तिपुर्ण आन्दोलन गर्नुस्, आमरण अनशन बस्नुस् र त्यसपछि पनि माग सम्बोधन नभए शान्तिपुर्ण बन्दको आह्वाहन गर्नुस् जुन सबैको लागि अनिवार्य नहोस् । आक्रामक कहिल्यै नहुनुस् । बन्दलाई अन्तिम विकल्पको रुपमा लिनुस् ।
अमित कुमार यादव
रघुनाथपुर–४ धनुषा

Comments
Post a Comment