1

नेपाल सरकारद्धारा जनसंख्या नियन्त्रणको विशेष प्रयास (कोरोना)

नेपाल सरकारद्धारा जनसंख्या नियन्त्रणको विशेष प्रयास (कोरोना)

कम व्यक्तिमा परिक्षण गरे थोरै संख्या देखिने, धेरै परिक्षण गरेमा धेरै देखिने त्यसैले थोर–थोरै परिक्षण गर्ने, नाका खुकुलो गर्ने, कोरोना भन्दा अरु विषय तर्फ बढि ध्यान दिने, सरकारलाई केही समस्या परे राष्टियताको मुद्दा ल्याउने, अनि चुप लागरेर बस्ने । अनि जब कोरोना संक्रमितको संख्या बढेपछि हामी संग प्रयाप्त मात्रामा मानव श्रोत (दक्ष जनशक्ति) को अभाव तथा त्यसको नियणत्रणको लागि बजेट छैन् वा मलाई थाहा छैन् भन्दै पछि हटन खोज्ने । कोरोना संक्रमित बढे पनि त्यो कोरोना कमजोर रहेको भनि त्यसलाई मजाक बनाउने । झन मान्छे मरेपछि पनि, मरेको मान्छे कोरोनाले नमरेको तर कोरोना लागेकोले कोरोनाले मरेको भनि भन्नु परेको भनि कारोना महामारीलाई सामान्य रुपमा लिएको । 

प्रदेश २ सरकारको त कुरै बेग्लै । काम भन्दा फोटो बढि आउने, केन्द्र सरकारलाई दोष दिदै आफ्नो जिम्मेवारी बाट पछि हटने, सुरुमा राम्रो काम गरेपनि पछि त्यसलाई निरन्तरता दिन नसक्ने,, कारोना संक्रमित सबै भन्दा बढि संक्रमित र अझै बढि संख्या पुग्ने निश्चित भएपनि क्वारेन्टाईन, त्याहाँ रहेको वयक्तिको स्स्वास्थ्यमा ध्यान दिन नसकेको, घर भन्दा पनि बढि असुरक्षित क्वारेन्टाईन भएको अवश्थालाई हेरेर पनि नहेरे झै गर्ने, र यस्तो समयमा पनि बिकास कार्यको नाममा सडक, भवन निर्माण कार्यमा अल्झिने र असार महिनाको तयारी गर्ने काम गरेको । 

मेयर र वडा अध्यक्षहरुको त झन के कुरा । काम भन्दा फोटो खिचाउन व्यस्त । राहत समेत छोडेनन् । यदि भगवान छन् भने त्यस्तालाई त साच्चिकैको गरिब बनाइदिए हुने । 

अब हामी जनता पनि के कम? सुरुमा नेपालमा कोरोना आउदै आउदैन् भन्ने, आएपछि कोरोनाले नेपालीलाई केही पनि गर्न नसक्ने भन्ने, संख्या बढ्दै गएपछि भारतले संख्या बढायो भन्ने र मान्छे मरेपछि मर्ने सधै मरि रहन्छ, त्यो सब भगवानको खेल भन्दै आफू त असुरक्षित हुन्छ नै अरुले दुरी बनाउन खोजे "मलाई कहाँ कारोना लाग्याछ" भनेर झग्डा गर्न खोज्ने । 

जे सुकै भएपनि, म विद्यालयमा हुँदा देखी व्यचलर सम्म पढदा नि हाम्रो देशको जनसंख्यालाई Overpopulation भनेरै पढेको हो, सायद यही कोरोनाले त्यो Overpopulation लाई कम गर्छ होला भन्ने आशय हाम्रो देशको भोट हाल्ने देखि लिएर भोट पाउने समेतले सोचेर कोरोनालाई सामान्य रुपमा लिएको हुन सक्छ । 

जे होस् यो कोरोनाको एउटा पक्ष मलाई राम्रो लाग्यो, यसले साधारण जनता वा नेता नजिकको जनता, बुदिजिवी वा बुद्युजिवि, सरकारी कर्मचारी वा गैर–सरकारी कर्मचारी, मन्त्रि वा प्रधानमन्त्रि, दक्ष जनशक्ति वा अदक्ष जनशक्ति केही हेर्दैन । सबै उसको नजरमा बराबर हो । र उसको यहि गुण मलाई सब भन्दा राम्रो लाग्छ । 

अमितको जय होस्, अमरको जय होस् र सारा दुनियाको जय होस् । 

Comments

Sponsor Links

Random Posts

  • What is Social Work?
    09.09.2020 - 0 Comments
     Please comment your opinion in comment box. 
  • THE NATURE OF SOCIAL WORK
    30.05.2013 - 0 Comments
    THE NATURE OF SOCIAL WORKThe term social work which has come to be the accepted designation for a large group…
  • Role of Social Worker
    13.09.2018 - 1 Comments
    If you want you can add more roles of Social work and can explain it to help others-------------------------
  • नेताको परिभाषा
    12.10.2014 - 0 Comments
    जब हामी नेपाली जनता, नेता भन्ने शब्द सुन्छौ, हामीलाई लाग्छ त्यो चोर हो, फटाहा हो, झुटो बोल्न सक्ने मान्छे हो,…
  • RECOMMENDATIONS FOR IMPROVEMENT OF SOCIAL WORK LEARNERS
    12.02.2015 - 0 Comments
    These are the some recommendation for the improvement of the social work learners of Nepal.…

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link