जनता के चाहन्छन् ? "सहमती, सहमती, सहमती यो कहिल्यै हुन नसकेको सहमती"

सहमतीको नारा राष्टिय राजनीतिमा वा भनौ नेपालको राजनीतिमा धेरै पहिल्यै देखि लाग्दै आइरहेको नारा हो तर सामान्य कुराहरुमा बाहेका मुल कुराहरुमा नेताहरुले कहिल्यै सहमती गर्न सकेनन् । होटेल चयन्, खाना र खाजा चयन, अर्काे बैठ्कको मिती बाहेकका कुराहरुमा हाम्रा नेताहरु सहमति बनाउन असफल भए र यो आज मात्रको कुरा होईन पहिलोे संविधान सभा देखिकै कुरा हो जुन उनीहरुको वानी नै परिसकेको छ । विदा चाहियो सहमति हुन्छ, भाउ बढाउन प¥यो सहमती हुन्छ, बढुवा र सरुवा गर्ने कुराहरुमा सहमति हन्छ तर राज्यको हित हुने कुराहरुमा किन सहमति गर्नु पछि पर्छ ? जनताको प्रतिनिधिहरुको प्रतिनिधित्व गर्नेहरु देशका स्वार्थ भन्दा आफ्ना व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थको कारणले यस्तो भएको हुनसक्छ । राजनीतिक दलहरुले गर्दा जनताहरुको एकतामा ह्रास आयो, एक भएका जनता विभिन्न पार्टीहरुको झन्डा बोक्दै म यो त त्यो भन्न थाले , देश कमजोर बने तर पनि नेताहरुलाई यी कुराहरुले असर पारेनन् । झन जनता विभाजन भएर उनीहरु आ–आफ्ना स्वार्थ परा गर्न सफल भए र उनीहरु झन जनतालाई विभाजित गर्न तर्फ नै लागे । अहिलेको अवश्थामा जुन जनताले कनै पनि पार्टीको झनडा बोक...