1

शाषक वर्ग र मधेश



नेपाललाई भौगौलिक आधारमा तीन क्षेत्रमा बाँडिएको छ हिमाल, पहाड र तराई । तराई जसलाई जन्मजात नेपाली भाषिहरुले पराई पनि भन्ने गरेको सुनिन्छ । किन त तराईलाई पराई भयो? नेपालीभाषि नेताहरुको विरोध गरेकोले? मधेशले आफ्नो अधिकार खोजेकोले? मधेशको जनतामा अब बोल्ने शक्ति आएकोले? वा मधेशको जनता आफू विभेदमा परेको ज्ञान पाएर त्यस विभेद विरुद्ध उभ्न खोजेकोले?

नेपालको अहिले सम्मको अवश्थालाई हेर्ने हो भने नेपालमा नेपाली भाषि नेताहरुले नै शाषण गरे । चाहे त्यो राजतन्त्र होस्, राणाकाल होस्, पञ्चायतकाल होस्, बहुदल होस्, वा भनाउँदा प्रजातन्त्र होस् वा अहिलेको गणतान्त्रिक लोकतन्त्र, मधेशी जनताले कहिल्यै पनि कुनै तन्त्रको सुखद अनुभुति गर्न पाएनन् । 

मधेश जहिले पनि नेपाली भाषि नेताहरुको पालन पोषण गर्ने ढुकुटि बन्यो । मधेशको प्राकृतिक सम्पदा अरु क्षेत्रको विकासका लागि प्रयोग गरियो तर मधेशलाई बेवास्ता गरियो । मधेशको देखावटि विकास अरु क्षेत्रसँग सम्बन्ध जोड्नका लागि गरियो । त्याहाँ बनाईएका बाटो तथा पुलहरु पनि मधेशको विकास भन्दा पनि त्याहाँको स्रोत र साधनलाई अन्य क्षेत्रमा पु¥याउने लक्ष्यले नै निर्माण गरियो । 

मधेशको यति सम्मको शोषण नेपाली भाषि शाषकहरुले गरे पनि मधेशलाई हेर्ने दृष्टिकोण कहिल्यै परिवर्तन गरेनन् । झन मधेश प्रति अन्य नेपाली नागरिकको आँखामा पनि ती नेपाली भाषि शाषकहरुले पटि बाँधिदिए र उनीहरुलाई मधेशी नेपाली होईनन् भनि सुगा पाठ पनि सिकाए र मधेशको मुद्दालाई तितर वितर पार्न मधेशीलाई नै विभाजन गर्न थाले । 

मधेश आन्दोलन पछि मधेशको आवाज बलियो बन्दै गईरहेको बेला नेपाली भाषि शाषकहरु जे आउँदो परिवर्तन सँग डराएका छन् तीनीहरुले विभिन्न लोभ–लालचमा पारि राजनीतिक तौर–तारिका अपनाएर मधेश र मधेशी जनताको आवाज बोल्ने नेताहरुलाई भ्रष्ट बनाईदिए जसको परिणाम ती नेताहरुले राम्रैसँग भोगे । तर अब मधेशको आवाज बोल्ने कसले? नेपाली भाषि नेताहरुले त अवश्य नै बोल्दैन्, मधेशवादी नेताहरु भ्रष्ट नै भए अब मधेशको जनता आफै आफ्नो आवाज बोल्नु पर्ने भएको छ । 

अब मधेशलाई र मधेशी जनतालाई आफ्नो अधिकारको बारेमा बोल्नको लागि कुनै नेता चाहिदैन् न त कुनै पार्टी नै चाहिन्छ । उनीहरु आफ्नो आवाज आफै बोल्न सक्ने भएका छन् । तर अझै पनि शान्त छ किनकि राजनीतिक मुद्दाका कुराहरुमा केही नेताहरुलाई सुध्रिने मौका दिएको छ । सुध्रिन सके ठिकै छ तर अब पनि नसुध्रिए पछि मौका पनि पाउने छैनन् । मधेशलाई विकासको खाँचो छ, मधेशीलाई पनि आफ्नो सम्मान चाहिएको छ, मधेश र मधेशीलाई राजनीति गर्ने साधनको रुपमा प्रयोग नगरियोस् । मधेशको विकास पछि मात्रै अन्य क्षेत्रको विकास हुन सक्छ नत्र नेपाल सधै नै अविकसित राज्य नै रहने छ । 

-------------------------

Comments

Sponsor Links

Random Posts

  • नैतिकता नभएको नेता र निदाएको जनता
    19.04.2014 - 0 Comments
    अचम्मको देश हाम्रो देश ‘नेपाल’। जहाँ जे पनि हुन सक्छ । यहाँ दुई ठाउँबाट हारेको नेता प्रधानमन्त्रि बन्न सक्छ,…
  • BSW-302 Methods of Social Work
    09.11.2017 - 3 Comments
    BASW SyllabusBSW-302 Methods of Social Work (100 marks)Course…
  • BSW-303 Integrated Social Work Practice
    09.11.2017 - 3 Comments
    BASW 2nd Year SyllabusBSW-303 Integrated Social Work Practice (100 marks)Course…
  • OPPORTUNITIES AND CHALLENGES OF SOCIAL WORK LEARNERS IN NEPAL- Methodology
    03.12.2015 - 0 Comments
                       METHODOLOGYThe objectives of the study…
  • Collective Action and Community Development
    14.08.2013 - 0 Comments

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link